Rashtriya Dainik

नेता कण्डेल र नेता जयसवालको घरदैलोमा अगुवा कार्यकर्ताहरुको उत्साह जनक उपस्थिती

राष्ट्रिय दैनिक /नवलपरासी , २६ कार्तिक ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवेन्द्र राज कण्डेल र प्रदेशसभा सदस्य पदका उम्मेदवार बैजनाथले संयुक्त रुपमा घरदैलो कार्यक्रम गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वगृहराज्य मन्त्री नेता देवेन्द्रराज कण्डेल र पुर्व विधायक प्रदेशसभाका उम्मेदवार बैजनाथ जयसवाल आफनो लोकप्रिय एजेण्डा लिएर पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा, पर्सियामा चुनावी घरदैलो गरेका हुन् ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा उम्मेदवार दुबै नेताहरु घरदैलो गर्दा किसानको समस्या सामाधान गर्ने, युवा बेरोजगारीका समस्या सामाधान गर्ने, यस क्षेत्रको कृषि, स्वास्थ्य, शिक्षा, पुर्वाधार र समाजिक विकासमा आफुँहरु लागी पर्ने मतदाताहरु माझ प्रतिबद्धता जाहेर गरे ।

नेता कण्डेल र नेता जयसवालको घरदैलो कार्यक्रममा अगुवा कार्यकर्ताहरुको उत्साह जनक उपस्थिती रहेको थियो भने मतदाताहरुले पनि उत्साह जनक समर्थन देखाएका थिए ।

नेता कण्डेलले आफँ र आफनो पार्टी प्रति मतदाताहरुको उत्साह र समर्थन देखेपछि यस क्षेत्रमा आफुहरु चुनाव जित्ने दावी गर्नु भयो ।

नेपाली जनताको सुखदुखमा साथ दिने र विकासको लहर ल्याउने आफनो पार्टी कांग्रेस नै यस क्षेत्रका जनताहरुको भलो गर्ने र देश विकासमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै मतदाताहरुलाई आफनो पार्टीमा मतदान गर्ने आग्रह समेत गर्नु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित