Rashtriya Dainik

नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा पाँच लाख बराबर चिनी बरामद

संजय कुशवाहा / नवलपरासी २६ कार्तिक

पश्चिम नवलपरासीमा ५ लाख मुल्य बराबरको चिनी वरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी बसहिया र सशस्त्र प्रहरी बिओपी गुठी परसौनीबाट खटिएको संयुक्त टोलीले गस्ति गर्दै जाने क्रममा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं. ५ बेदौली स्थित सडक छेउमा वेवारिसे अवस्थामा रहेको अन्दाजी मुल्य पाँच लाख बराबर ५० किलोको १२५ बोरा चिनी फेला पारी बरामद गरि आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने प्रकृया भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त चिनी कसले ल्याई राखेको हो भन्ने हालसम्म नखुलेको, अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित