Rashtriya Dainik

नवलपरासी-२ का स्वतन्त्र उम्मेदवार विजय अग्रहरि चुनावी घरदैलो अभियानमा

नवलपरासी / २६ कार्तिक ।
मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । सोही क्रममा नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार धरेन्द्र यादवले जनताको समस्या आफ्नो समस्या भएको भन्दै चुनावी अभियान तिब्र परेका छन्।

माछा चुनाव चिन्ह लिई चुनावी मैदानमा उत्रिएका नेता विजय अग्रहरीले आज पाल्हीनन्दन गाउँपालिका वार्ड नं १,२ र ३ मा घर दैलो अभियान सम्पन गरेका छन्। नेता विजय अग्रहरीलाई जनताले फूलमाला सहित स्वागत् समेत गरेका छन्।

नेता विजय अग्रहरिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा आफू लाई जनताले भारी मत दी विजयी गराउने विश्वाश व्यक्त गरेका छन्।

यस क्षेत्रका शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, रोजगार कृषी तथा अन्य धेरै क्षेत्रमा तुलनात्मक रूपमा बिकास हुन सकेकोले मैंले यसको गति बढाउन उम्मेदवारी गरेको बताएका छन्।

नेता विजय अग्रहरी लोसपा नेपाल नवलपरासीका वरिष्ठ नेता समेत रहेका थिए । पार्टीले विचार सिद्धान्त न मिल्ने संग गठबंधन गरेकोले मैले आफ्नो स्वतन्त्र उम्मेदवारी दिइएको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित