नवलपरासी , २५ कात्तिक । पश्चिम् नवलपरासी क्ष्ोत्र नम्बर १ मा जनता प्रगतिशिल पार्टिबाट प्रतिनिध िसभा सदस्य तर्फ उमेदवार रहेका नेता ह्रदयेश त्रिपाठिले व्यापक निर्वाचन आचार संहिता उलंघन गरेको पाईएको छ ।
दुईवटा गाडिमा मात्र झण्डा हालेर हिड्न पाईने भएपनि त्रिपाठिले लावालस्कर सहित दर्जनौ गाडिमा पार्टिको झण्डा हालेर घरदैलोमा हिड्ने गरेका छन । जुलुसमा समेत त्रिपाठिले बालबालिकालाई प्रयोग गर्ने गरेका छन् । 
निर्वाचन आयोगले पटक पटक जानकारी गराएपनि त्रिपाठिले अन्य दलका नेतृत्वलाई कारबाहि गर्न चुनौति दिदै प्रशासनलाई समेत उल्टै धम्क्याउने गरेको बताईएको छ ।
अन्यदलबाट आचार संहिता उलंघन भएको भन्दै त्रिपाठिले निर्वाचन आयोग र प्रशासन लाई समेत दवाव दिने गरेको श्रोतको दावि छ ।
अनेक हतकण्डा अपनाएर चतुर खेलाडिको रुपमा चिनिएका उनि हरहालत आफुलाई एक्लो नेतृत्वको रुपमा दावा गर्ने गरेका छन् । कार्यक्रम र हरेक चुनावि सभामा खासै एजेण्डा प्रस्तुत नगरेका त्रिपाठिले उनका प्रतिष्पर्धि बिनोद चौधरीको बिरोध गर्दै आईरहेका छन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

