Rashtriya Dainik

लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधान गर्न : नेता चौधरीको चासो

नवलपरासी , २५ कात्तिक

पश्चिम नवलपरासीमा देखिएको लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधान गर्न नेपाली कांग्रेसका नेता विनोद चौधरीको पहलमा विशेष व्यवस्था गरिएको छ । बर्दघाट नगरपालिका र नार्कोनन नेपालको संस्थाको संयुक्त पहलमा जिल्लामा विकराल समस्याको रुपमा देखिएको लागु औषध दुव्र्यसनी सम्वन्धी समस्या समाधान गर्न पहल थालिएको हो ।
युवा जनशक्ती लागु औषध दुव्र्यसनीमा फस्नु राज्यको जनशक्ती खेरगए शहर भएकाले यस प्रकारको सहजकर्ता भुमीका खेल्न पाएकोमा आफु खुसी भएको चौधरीले प्रतिकृया दिए । पश्चिम् नवलपरासीमा खुला सिमाका कारण प्रहरी प्रशासन लाई समेत छलेर लागुऔषध सहजै रुपमा भित्रने गरेको छ ।यसमा बालबालिकालाई समेत प्रयोग गरीएको पाईन्छ । बिपन्न समुदायका बालबालिकालाई आर्थिक प्रलोभन देखाएर आोसारपसारकालागि प्रयोग गर्ने गरेको समेत स्थानियहरु ब्ताउछन् । सम्बन्धित निकाय र स्थानिय तहहरुले यो समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न नसकिरहेको अवस्थामा चौधरीले सक्रियता देखाएका छन् ।
बिधालय तहदेखि नै बिधार्थीहरु कुलतमा फस्दा यो समस्या दैनिक रुपमा बिकराल बन्दै गएको छ । यस क्षेत्रमालो ठुलो संख्यामा युवा पुस्ता नै लागुऔषधको दलदलमा फस्दा यसको नियन्त्रण गम्भिर र चुनौतिको बिषय बनेको छ । सामुहिक रुपमा सबै स्थानिय तह र सम्बद्ध सरोकारवाला सबैलाई जोडेर चौधरीले न्युनिकरणकालागि पहल सुरु भएको बताएका छन् ।लागुऔषदका क्षेत्रमा काम गर्दै आईरहेको प्रतिष्ठित संस्था नार्काेनन् नेपालको सहयोगमा बिषेश अभियानको तयारी गरिएको बताईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित