Rashtriya Dainik

श्रमिकमारा उम्मेदवारको क्रान्तिकारी महासंघले भण्डाफोर गर्ने

नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति पश्चिम नवलपरासीले जिल्लाका मजदुरमारा उम्मेदवारहरुको भण्डाफोर गर्ने भएको छ ।
श्रमिकहरुको ज्याला भुक्तानीमा शोषण गरेका मालिकहरु उम्मेदवार बनेको भन्दै महासंघले जिल्लाभर भण्डाफोर कार्यक्रम लैजाने महासंघका जिल्ला संयोजक ज्ञानबहादुर खत्रीले जानकारी दिनुभयो । श्रमिकहरु माथि ज्यादती गर्ने ब्यक्तिहरु यस संसदीय निर्वाचनमा उम्मेदवार भएर उठेका छन् –उहाँले भन्नुभयो – ती मालिकहरुका बिरुद्ध न्यायको पक्षमा हाम्रो भण्डाफोर हुनेछ । उहाँले भण्डाफोर कार्यक्रमलाई पत्रकार सम्मेलनको आयोजना गरेर छिट्टै सार्वजनिक गर्ने बताउनुभयो । भण्डाफोर कार्यक्रम पश्चिम नवलपरासीमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा केन्द्रीत हुने महासंघले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित