राजन चाैधरी / भैरहवा, २२ कार्तिक
तराई मधेश जनता पार्टी (टाईगर्स) ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।
तराइ मधेस जनता पार्टी र सरकारबीच विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन नभएकोले निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले बताउनु भयो।
पत्रकार सम्मेलनमा उनले भने पार्टीका नेता कार्यकर्ता माथि लगाइएको मुद्दा फिर्ता नभएको र पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरिएकाले बाध्य भएर निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेका हौं, शान्तिपूर्ण रुपमा निर्वाचन बहिष्कार गर्छौं । ’
निर्वाचनमा सहभागी हुने वातावरण सरकारले नै सिर्जना गर्न नसकेको उनको भनाइ छ । विगतमा भएको सम्झौता कार्यान्वयनमा गर्न सरकार तयार भए आफूहरु निर्वाचनमा सहभागी हुन तयार रहेको पाण्डेले बताए ।
पार्टीको कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा खारेज गर्नुपर्ने, सहिद परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, झुठा मुद्दामा फरार रहेका कार्यकर्तालाई देशमै शान्तिपूर्ण रुपमा बस्न वातावरण मिलाउनुपर्ने, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, भ्रष्टाचार गरी आर्जन भएको सम्पत्ति छानबीन गरी सरकारीकरण गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्ने आफूहरुको माग रहेको पाण्डेले बताए ।
त्यस्तै पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने, किसानको समस्या समाधान गर्नुपर्ने, बेरोजगारलाई स्वदेशमा रोजगारीको ग्यारेण्टी हुनुपर्ने माग रहेको उनले बताए ।
त्यसै गरि पार्टीका केन्द्रिय महासचिव(अब्दुल्लाह मुसलमान ) रोशन शाहले विधान विपरीत गतिविधि गरेकाले उनलाई पार्टीबाट निष्कासन गरिएको पाण्डेले बताउनु भयो।’ मंसिर ४ गते हुने प्रतिनिसभा प्रदेश सभा चुनावमा अन्य पार्टीबाट उमेदवार रहेकाले उनलाइ पार्टीबाट निष्कासन गरिएको छ।
तराई मधेश जनता पार्टी (टाईगर्स)का केन्द्रीय सदस्य धुव्र शर्माले मधेशी जनताको माग पूरा नभएको , नागरिकता र सुकुम्बासीसम्बन्धी समस्या समाधानतर्फ सरकारले ध्यान नदिएको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

