Rashtriya Dainik

पर्सा ४ मा रमेश रिजाल प्रति जनताको सहानुभूति बढ्दै।

राजन कुमार बानिया / वीरगञ्ज ,२३ कार्तिक
पर्सा क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार रमेस रिजाललाई धोबिनी गाउँपालिकाको विभिन्न स्थानमा मतदाताले भव्य स्वागत गरेका छन् ।
घरदैलोमा पुगेका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता रिजाललाई भिखमपुर पिपराका मतदाताले फुलमाला र अबिर लगाएर भव्य स्वागत गरेका हुन् ।
मतदाताले आफूहरुले चुनाव अघि नै विजय तिलक लगाएर उनको जितको निश्चित गरिदिएको बताए । रिजाल जस्तो स्वच्छ छवीको व्यक्तिलाई जिताउनु पर्ने भन्दै आफूहरु सबै एक ढिक्का भएर उनको पक्षमा लागि परेको पनि मतदाता बताउँछन् ।
मतदातासँगको भेटका क्रममा नेता रिजालले आफूले यस क्षेत्रको लागि निरन्तर काम गर्दै आएको र अहिले मौका दिएर पठाए यहाँको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।
अहिलेको लडाई संविधान र संघीयता विरोधीसँग रहेकाले त्यसलाई तह लगाउन पनि आफ्नो जित आवश्यक रहेकाले सबैलाई विचार पुर्याएर मतदान गर्न उनको आग्रह थियो ।
घरदैलो कार्यक्रममा कांग्रेस जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायत नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित