Rashtriya Dainik

२५ बर्ष देखि नगुडेको बिकासको रेल अब एक्सपे्रस गतिमा गुड्छः चौधरी

नेपाली कांग्रेस का केन्द्रिय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले विकासको यात्रामा जोडिन सबैलाई आह्वान गरेका छन् । बिगतमा यस क्षेत्रबाट चुनाव जितेर जाने नेतृत्व प्रति आक्रोस व्यक्त गर्दै चौधरीले भने २५ बर्ष सम्म यो क्षेत्रलाई उपेक्षा गरियो अब जनताको भावना मथि खेलबाड हुदैन । उनले थपे २५ बर्ष देखि नगुडेको बिकासको रेल अब एक्सप्रेस गतिमा गुड्छ आउनुहोस सगै यात्रा गरौ जो छुटे तिनिहरु सदाकालागि छुटे ।
नेपालि कांग्रेस क्षेत्र नम्बर १ ले आज प्रतापपुरमा गरेको आमसभालाई सम्बोधन गर्दै चौधरीले बिकास ,शिक्षा,स्वास्थ्य र रोजगारीको अवस्था र यहाको जिवनस्तर उस्ताको उस्तै रहनु दुर्भाग्यपुर्ण रहेको चौधरीले बताए । आम जनताको भावनालाई भड्काएर व्ल्याकमेल गरेर जनताको मतलाई सत्ताको भर्याङ बनाउने प्रवित्ति धेरै नटिक्ने चौधरीले बताए । स्थानिय श्रोत ,साधनको समुचित सदुपयोग गरेर अघि बढ्न सके परिवर्तन चाडै नै सम्भव रहने बताउदै उमेदवार चौधरीले जनताबाट अनुमोदित नभएको राजनितिक यात्रा दिर्घकालिन नहुने उल्ल्ेख गरे । अरुले जस्तो नकारात्मक टिप्पणि गरेर बिरोध गर्ने आफु सग फुर्सद नभएको र सकारात्मक सोच,र उचित एजेन्डामा नै जिवन समर्पित भएको धारणा व्यक्त गरे । म त विकास बिरोधि होईन बिकासको बिरोध गर्नलाई त त्रिपाठि जि नै हुुहुन्छ उनले भने हामिले फाउन्डेसन मार्फत केरामा आधारित उधोग खोल्न लागेका थियौ यहाकै युवालाले नै रोजगारी पाउथे त्यसलाई त्रिपाठि जि ले रोक्ने प्रयत्न गर्नुभो ।बिकास बिरोधि को जनताले बुझ्न आवश्यक रहेको चौधरीले बताए । चौधरी फाउन्डेसनले सुस्ताको लवडा नम्बर ३ मा केरामा आधारित उधो खोल्न दर्ता प्रक्रिया भै सकेपछि त्रिपाठिले आपत्ति जनाएका थिए ।
यसैगरी कार्यक्रममा बोल्दै नेपालि कांग्रेस का नेता एवम् पुर्व उपप्रधान मन्त्रि बिमलेन्द्र निधिले राजिनिति सगै आर्थिक मुलुकको आर्थिक बिकास जोडिने हुदा यस क्षेत्रको सर्वाङगिण बिकासकालागि बिनोद चौधरीलाई जिताउनु पनर््े तर्क व्यक्त गरे । नागरिकता बिहिनको सवालमा बोल्दै निधिले एमालेले बिधयेक रोकेको बताउदै गठबन्धन सरकार बनेपश्चात राष्ट्रपति परिवर्तन गरेरै भएपनि नागरकिता बिधयेक पास गराउने दावि गरे ।कार्यक्रममा कार्यकर्ता तथा सुभेच्छुकहरुको उल्ल्ेख्य सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित