Rashtriya Dainik

महांराजगमा एमालेका दर्जनौ कार्यकर्ता नेपाली कागे्रंसमा प्रवेश

कपिलवस्तु , कार्तिक २३
महाराजगंजमा दर्जनौ नेकपा एमालेका नेता तथा कार्यकर्ता नेपाली कागे्रंसमा प्रवेश गरेका छन् । नेकपा एमालेका स्थानीय तह निर्वाचन २०७९ मा महांराजगंज नगरपालिका वडा नं १ का वडा सदस्यका उमेद्धार दीपक कुर्मी सहित दर्जनौ कार्यकर्ता कागे्रंसमा प्रवेश गरेका हुन । यसरी प्रवेश गर्नेमा नरदाहे कुर्मी,गंगौत्री प्रसाद चौधरी,राधेश्याम कुर्मी वालगोबिन्द नाउ,खोडे कोहार रामदेव कुर्मी, लक्ष्मी नारायण कुर्मी लगायत पार्टीमा प्रवेश गरेको कागे्रंसका जिल्ला सभापति अब्दुल कलामले बताए । नव प्रवेशिलाई नेपाली कागे्रंसका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय जिल्ला सभापति अब्दुल कलाम लगायतले टिका माला लगाएर स्वागत गरेका छन् । पछिल्लो समय कपिलवस्तु क्षेत्र नं २ का विभिन्न पालिकामा एमालेका कार्यकता कागे्रंसमा प्रवेश गरिरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित