Rashtriya Dainik

मतदाताको आग्रह:हामी भोट दिन्छौ तपाईं विकास दिनुस

यतिबेला नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् नवलपरासी पश्चिम् क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी घरदैलो अभियानमा छन ।

आज उनी बर्दघाट नगरपालिकाको वडा नम्बर १,६ र ७ मा घरदैलो अभियानमा सक्रिय छन।मतदाता सगको भेटघाटलाई उनले तिब्रत दिएका छन।स्थानिय नेतृत्वका साथमा उमेदवार बिश्वप्रेम पाठक सहितको टोलि सग उनी ग्रामीण बस्तीहरुमा समेत पुगिरहेका छ्न।चौधरी लाई यहाको बिकासका समस्या का बारेमा कुरा राख्न स्थानिय उत्सुक मुद्रामा देखिएका छन ।आम मतदाताले चौधरी लाई भने हामी भोट दिन्छौ तपाईं हामिलाई बिकास दिनुस।आम मतदाताको अनुरोध पछि चौधरीले पनि जनताको दैलोमै पुगेर गुनासो सुन्न पाएकोमा खुसी ब्यक्त गरे।चौधरी एक सफल ब्यवसायी भएकाले उनका योजना र घोषणापत्रलाई यतिबेला यस क्षेत्रका मतदाताहरुले महत्त्वपूर्ण रुपमा लिएका छन।उनले गर्ने प्रतिबद्धता पूरा हुनेमा उनिहरु यसपाला भने केही बिस्वस्त:देखिएका छन।मतदाताको पिढीमा,खाटमा,खेतमा,मतदाता जस्तो परिस्थितिमा रहेपनी सोही बातावरणमा सहजै घुलमिल हुने चौधरीको स्वभावले मतदाता उत्साहित देखिएका छन।यदपी मङ्सिर ४ ले नै सबै कुराको निर्क्योल गर्नेछ।यस क्षेत्रमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र चौधरीको प्रतिस्पर्धा रहेको छ।मतदाताका लागि पनि चुनाव रोचक बनेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित