Rashtriya Dainik

काँग्रेस चोकमा बैद्य माओवादीको ‘उर्दी’ !

नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) ले बर्दघाट नगरपालिका –१५ काँग्रेस चोकमा चुनाव बहिष्कारको गतिबिधि गर्दै चुनाव बहिष्कार गर्न ‘उर्दी जारी’ गरेको छ । क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले भण्डाफोर तथा बहिष्कारको आब्हान गर्दै बर्दघाटको वडा नम्बर ५ , १४ , १५ र १६ मा घरदैलो समेत गरे । क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलको नेतृत्वमा ती वडाहरुका बण्डाखोला , धर्मबस्ती, गंगाबस्ती, काँग्रेसचोक , बसोबास, केरावारी र सिमलटाडी क्षेत्रमा निर्वाचनमा मत हाल्न नजान अपिल गर्दै मतदाता भेटघाट तथा घरदैलो गरेका हुन् । उनीहरुले सानो सानो समुह बनाएर मतदातालाई चुनाव बहिष्कार गर्न उर्दी समेत जारी गरेको एक स्थानीयले बताए ।
मंगलवारको घरदैलो कार्यक्रममा जिल्ला सेक्रेटरी छविलाल खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक ज्ञान बहादुर केसी, सो पार्टीका बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेल , पार्टीका जिल्ला सदस्यहरु रवि तमु, गोबिन्द बहादुर साठीघरे, नगर कमिटी सदस्यहरु खेम गुरुङ्ग , बिजय गुरुङ्गल, पदम पौडेल लगायतका नेता कार्यकर्ता सहभागी भएको बताइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित