Rashtriya Dainik

जनताको आर्शिवाद नै मेरो जितको आधार : धरेन्द्र यादव

रन्जित शर्मा / नवलपरासी /२२ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका निर्वाचनको लागि उम्मेदवारहरुले आफ्नो घरदैलो अभियान तिब्र गतिमा बढाएका छन्।

नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र नं ०२ को ख मा पनि नेकपा एमाले र जसपाको गठबन्धन तर्फ प्रदेशसभा सदस्य पदका उम्मेदवार धरेन्द्र यादवको पक्षमा जनलहर बढदै आएको छ ।

बिगत लामो समयदेखि देखि नेपाली राजनीति गर्दै आएको मधेश आन्दोलनको अगुवा जनता समाजवादी पार्टी नेपाल नवलपरासीका जिल्ला अध्यक्ष समेत रहेका नेता धरेन्द्र यादवले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा तिब्रता बढाए सँगै जनताको आशीर्वाद नै मेरो जितको आधार रहेको वताएका छन्।

जसपाबाट उम्मेदवारी दर्ता गराएका नेता धरेन्द्र यादव लोक प्रिय उम्मेदवार बन्दै गएका छन्। मतदाता माझ लोकप्रिय रहेका यादवलाई पाल्हीनन्दन गाउँपालिकामा घरदैलो कार्यक्रमका बेला स्थानीयले भव्य रुपमा स्वागत गरेका छन्। यादवले जनताको समस्या मेरो समस्या भएकोले यस क्षेत्रको समस्या हल गर्ने तथा विद्यार्थी,युवा तथा अग्रजहरुको सुख दुःख र समस्यामा सहयोग गरेको कारण जनताले आफ्नो अमूल्य मत दिएर जिताउने विश्वास व्यक्त गरेका छन्।

एक स्थानीयका अनुसार विगतका नेता आश्वासन मात्र दिने भएकोले त्यस्ता नेतामा विश्वास न गरी हाल यूवा उम्मेदवार यादवलाई विजयी बनाउने बताएका छन्।

“यूवा देशका मेरुदण्ड भएकोले युवाको बेरोजगारी समस्या समाधान गर्न आफू पहल गर्ने बताएका छन्। एक युवकको अनुसार “यूवालाई अलग्याएर देशले विकासको फड्को मार्न सक्दैन ।राजनीतिमा एउटै व्यक्तिको अनुहार बारम्बार देखिनु र त्यो अनुहारले आफ्नै क्षेत्रका होनाहार यूवाहरुलाई अलग्याउंदा विकृत राजनीतिको विकास भएको छ । त्यसैले समाजमा परिवर्तनका लागि यसपाली मतदाताले पनि जिम्मेवारीका साथ आफ्नो अमुल्य मत सही ठाउँमा प्रयोग गर्ने वताएका छन्। ” पुरानो अनुहारको अन्तिम विकल्प धरेन्द्र यादव रहेको बताएका छन्।

धरेन्द्र यादव स्थानीय चुनावमा पराजित भए पछि स्थानीयको संवेदना समेत बटुलेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित