Rashtriya Dainik

मतदाताको घरदैलो पुग्दै पाठक र चौधरी:मतदाता उत्साहित

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी घरदैलो अभियानमा सक्रिय बनेका छन।प्रदेश सभा सदस्यका उमेदवार बिश्वप्रेम पाठक र लाल बहादुर गुरुङ सहित यतिबेला उनी ग्रामीण बस्तीमा आफ्ना एजेन्डा सहित घर घर पुगेका छन।

घरदैलो अभियानलाई निरन्तरता दिदै चौधरी आज सरावल का विभिन्न वडामा पुगेका छ्न।नया अनुहार खोजीरहेका मतदाता चौधरी प्रती आश्वास्त देखिएको बताईएको छ।जनताको नजिक बाट समस्या बुझ्न सकेसम्म उनिहरुकै आगनमा पुग्ने प्रयास गरिएको चौधरीले बताए।बिकासका हिसाबले यो क्षेत्र निकै पछि परेको बताउदै आएका चौधरीले जनजिवनको स्तर उकास्नु नै मुख्य प्राथमिकता रहेको बताए।

अन्तरास्ट्रिय स्तरमा समेत सफल रहेको ब्यक्ति बाट यो क्षेत्रको सर्वाङ्गिण बिकासमा ठूलो योगदान हुन सक्ने आशा राख्दै मतदाता उत्साहित देखिएका छ्न।युवा वृद्ध र सबै बर्गमा चौधरी यतिबेला आशाको केन्द्रबिन्दु बनेको सरावलका सन्दिप चौधरीले बताए।हामिले धेरै नेता हेर्यौ हामिलाई कसैले हेरेन अब यो पटक चौधरी जि लाई हेर्ने हो उनले सुनाए।प्रदेश सभा सदस्यका उमेदवार बिस्वप्रेम पाठक समेत धैर्य र शालिन स्वभाव रहेको हुदा मतदाताको नजरमा गढेको कार्यकर्ताहरुले बताए।नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले भोलीदेखि विभिन्न ठाउमा आम सभा गर्ने तयारी गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित