महिलाको फेरिएको जिन्दगी

गजुरी , २२ कात्तिक

समयानुकुल प्रबिधिको बिकास संगै आएका नया नया प्रबिधिलाई प्रयोग गरि काम गर्न सकेको खण्डमा त्यसले ब्यक्तिगत, पारिवारिक र सामाजिक रुपमा समाजमा धेरै परिवर्तन र बिकास भएका हुन्छन ।

जसले गर्दा मनिसको जीवनयापनमा समेत फराकिलो भिन्नता आएको हुन्छ । बिकासको नया मोडललाई आत्मसाथ गर्न सकेमा अप्रत्यासित नतिजा पनि प्राप्त गर्न सकिन्छ । केहि क्षण त त्यसलाई ब्यबस्थापन गर्न कठिन हुन्छ ।

तर पनि बिकसित नयां प्रबिधिको प्रयोगमा निरन्तरता दिनुका साथै कत्ति पनि हतोत्साहित नभई काम गरेको कारण बागमती प्रदेश अन्तरगत गजुरी गाउंपालिकामा बसोबास गर्ने सुनौलो हजार दिनको महिला तथा दिदीबहिनीहरु आज खुशीले गदगद छन ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत संचालित खाध तथा पोषण सुरक्षा सुधार आयोजना (FANSEP) अन्तर्गत गजुरी गाऊंपालिकामा गठित पोषण समूह भित्र रहेका सुनौलो हजार दिनको महिलाहरुलाई महिलाहरुको जीबनस्तर उकास्ने अभिप्रायले FANSEP ले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।

गाउंपालिकामा बसोबास गर्ने महिला तथा यसका सदस्यहरुलाई लक्षित गरि ब्यबस्थित रुपमा प्रत्येक पोषण समुहमा १ जनालाई बाह्रै महिना हरियो सागपात तथा ताजा तरकारि उत्पादन गर्ने तथा बेमौसमि तरकारि खेति उत्पादन गर्नको लागि नमुनाको रुपमा प्लाष्टिक घर निर्माण कार्यलाई अगाडी बढाएको छ ।

यस अगाडी समूहमा आबद्ध महिलाहरुलाई प्लाष्टिक घर निर्माण गर्ने तरिकाको बारेमा प्रशिक्षण समेत दिई प्रत्येक पोषण समुह लाई नमुना घर पोषण बगैचा निर्माणको लागि प्लाष्टिक टनेल लगायतका अन्य सामाग्रि तथा उपकरण FANSEP ले वितरण गर्दै आइरहेको छ ।

FANSEP ले प्रत्येक पोषण समूहमा आबद्ध महिलालाई समयानुकुल नया नयां प्रविधि बाट खेति गर्ने तरिकाको बारेमा समय समयमा पाठशालाको आयोजना गरि प्रशिक्षण दिएको थियो । जसबाट प्रबिधिलाई आत्मसाथ खेति गर्न नसकेका महिलाहरुलाई हालैका दिनहरुमा आफूले आर्जन गरेको शिपको प्रयोग गरि तरकारी तथा फलफुल उत्पादनमा सफलता प्राप्त गर्ने गरेका छन् ।

त्यति मात्रै होइन FANSEP ले प्रत्येक पोषण समूहमा आबद्ध सदस्यहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेति गर्नको लागि तरकारिको बिउ तथा फलफुलको बिरुवाहरु वितरण समेत गरेको छ । प्राय गरि यस कार्यक्रम अन्तरगतको पोषण समुहमा सुनौला हजार दिनका आमाहरुलाई समावेश गर्ने गरेको छ ।

यस कार्यक्रमको सुरुवात भए संगै यसमा आबद्ध सदस्यहरुको आर्थिक बचत हुन गई समयको समेत सदुपयोग हुने गरेको छ ।
प्लाष्टिक घर निर्माण गरि तरकारी खेति सुरु गर्न थाले पछि महिलाहरुको जीबनस्तरमा पहिले भन्दा फरक आएको छ ।

पहिला बिशेष गरि जाडो याममा शीत पर्न गई तरकारी खेतिमा बिभिन्न किसिमको रोग लागि मर्ने गरेको र बर्खा याममा असिना पानिले खेति गर्न गार्हो हुने गरेकोमा नयां प्रबिधिको उपयोग गरेर खेति गर्न शुरु गरेपछि शीतको कारण तरकारी मर्ने तथा रोग लाग्ने झरिका कारण तरकारि नष्ट हुने समस्याको समाधान भएको छ ।

पहिला उत्पादन गरेको तरकारी घरमा प्रयोग गर्न पनि अपुग हुने गरेकोमा हाल त्यसरी उत्पादन गरि बढि भएको तरकारि बेचबिखन गरि सदस्यहरुले आम्दानि समेत गर्ने गरेका छन् ।
FANSEP ले यो कार्यक्रमको सुरुवात गरेपछि यसमा आबद्ध सदस्यहरुले तरकारी खेति गर्दा रसायनिक मलको प्रयोग नगरी अर्गानिक मलको प्रयोग गर्ने गरेका छन् ।

साथै ब्यबस्थित रुपमा सुरु गरिएको तरकारि खेतिमा हाल बिषादिको प्रयोग समेत हुन छाडेको छ । यसको साथै बालबालिका तथा बयस्कहरुको लागि पनि आबस्यक पर्ने ताजा तरकारी तथा पोषण युक्त हरियो सागपात दैनिक रुपमा उत्पादन भई सेवन गर्ने हुदा मानिसहरुको स्वास्थ्यमा समेत राम्रो हुने गरेको छ ।

बिगतमा पोषण समूहमा रहेका सदस्यहरुले आफ्नो दैनिक प्रयोगको लागि आबस्यक पर्ने तरकारी तथा फलफूल खरिद गर्नको लागि घरको काम छाडेर गजुरी बजार सम्म धाउनु पर्दथ्यो भने हाल प्लाष्टिक घर निर्माण गरि बाह्रै महिना हरियो तरकारि तथा सागपात उत्पादन हुने हुदा गजुरी बजार लगायतका स्थानहरुबाट हरियो सागपात तथा तरकारी खरिद गर्न आउने गरेको र उत्पादित सागपात तथा तरकारी बिक्रि गरि मनग्ये अर्थोपाजन समेत हुने गरेको गजुरी गाउंपालिका वार्ड नं १ निवासी पोषण समूहकी सदस्य साबित्री भण्डारीले बताइन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!