Rashtriya Dainik

चुनावी घरदैलोमा, रमेश रिजाल भन्छन – मतदाताको विश्वास नै मेरो जीतको आधार

बिरगंज २२ कार्तिक
पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका उम्मेदवारहरुको घरदैलो कार्यक्रममा मतदताहरुको उल्लेखनीय सहभागिता रहेको पाइएको छ।
मंगलबार बिहान चुनावी घरदैलोका क्रममा छिपहरमाइ गापाको भिस्वा टोल वार्ड न.५ मा प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शेख चान्द ताराको मतदाताहरुले भब्य स्वागत गरेका थिए ।
गाँउमा मत माग्न आएका दुवै उम्मेदवारहरुलाई स्थानीय मतदाताहरुले अबीरको टिका र फुलमाला लगाएर जितको आशीर्वाद दिए । त्यसपछि घरदैलोका क्रममा मतदाताहरु पनि दुवै उम्मेदवारको पक्षमा नारा लगाउदै गाँउ परिक्रमा गरेका थिए
चुनावी घरदैलो कार्यक्रममा काँग्रेस, माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी, लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित