नवलपरासी / २२ कार्तिक
सानै उमेरमा अभियन तर्फ निक्कै रुची राख्ने ९ वर्षिय सुर्वि सुशान्त घिमिरे यतिबेला टिकटक , म्युजिक भिडियाे र लघु चलचित्र मा अभिनय मार्फत चर्चित बन्न पुगेकी छिन ।
नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा नम्वर २ की चुलवुले अनि चन्चल स्वभावकि सुर्विले भोजपुरी र नेपाली लगाएतका अहिले सम्म थुप्रै ज्ञानवर्दक , कमेडी भिडियो सहित म्युजिक भिडियाे संगै सन्देश मुलक लघु चलचित्रमा अभिनय गरेकि छिन ।
उनकाे मुख्य भुमिकामा रहेकाे चल्ते चल्ते गित एल्वम र सन्देशमुलक “राह” भन्ने लघु चलचित्र आईसकेकाे छ भने २ वटा लघु चलचित्र छिट्टै दर्शक सामु आउने तयारीमा रहेकाे वताईन ।
९ वर्षीय सुर्विका थुप्रै टिकटकहरु मध्ये पछिल्लो समयमा पिपल वोटमा पर्खन्छु (नेपाली) र लालि लालि ओठवा (भोजपुरी) भन्ने गित सहित दर्जनाै भिडियाेहरुमा गरिएको अभिनय र नृत्य अत्याधिक चर्चित भएको छ । जुन १५ सेकेन्ड को भिडियो अप्लोड गरेको एक घन्टामै एक लाख भन्दा वढिले हेरेको सुर्बिका बाबु सुशान्त घिमिरेले बताउनु भएको छ ।
परासीमा रहेको सयपत्री ईंगलिस स्कुल स्कुल कक्षा ४ मा अध्ययनरत सुर्वि काे भोजपुरी कमेडि, डायलग र डान्स सबैले अत्याधिक मन पराउने गरेका छन् ।
मद्येशी र थारु समुदायमा हुर्केकी सुर्विले नेपाली भाेजपुरी हिन्दी प्रष्ट वाेल्न सक्ने भएकाले निर्देशकहरुकाे नजरमा रहेकि छिन साथै मद्येशवासीहरुले मधेशकि प्यारी टिकटके छोरी भनेर पनि बोलाउने गरेका छन् । सुर्वीको परिवारमा कोहि पनि अभिनयमा लागेका छैनन् ।
भाइ सिध्दान्त र सुभान्स सानै ४ वर्षका रहेकाछन भने उनकी आमा वन्दना पाण्डेय शिक्षिका हुन भने बाबु सुशान्त शर्मा घिमिरे व्यवसाय संगै राजनिति गर्ने उदाँउदा नेताका रुपमा जिल्लामा परिचित छन् ।
टिकटक प्रयोगकर्ताहरुका विच लोकप्रिय रहेकि सुर्विको भिडियोहरुमा प्राय अकंल युवराज यादव र फुपुको छोरी ग्रिष्मा पौडेल र गृषा पाैडेलसंग देखिने गर्छिन ।
उनका भारत युपि विहार सम्मका टिकटक फ्यान रहेका थिए तर भारतमा टिकटक माथि लगाईएको वन्देज भए यता उनका फ्लोवर्स र लाईक कमेन्ट न्यून भएका छन । धेरै फ्लाेवर्स भएकाे उनकाे टिकटक आइडि पटक पटक ३ वटा सम्म वन्देज (फ्रिज )समेत भएकाेछ । उनि भन्छीन अझ म्युजिक भिडियो र फिल्ममा मौका पाए सबैभन्दा राम्राे अभिनय गरेर दर्शकहरुलाई दंगपार्ने हिम्मत भएको बताउछिन ।

उनिलाई धेरै म्युजिक भिडियाे र लघु चलचित्रमा प्रस्ताव आउने गरेकाे र पढाईका कारण धेरै टाढा पठाउन नसकेकाे वुवा शुसान्त शर्मा ले जानकारी गराउनु भयाे । साथै जिल्ला भन्दा बाहिर वाट धेरै प्रस्ताव हरु आउने गरेकाे तर पढाईका कारण पठाउन नसकेकाे समेत जानकारी गराउनु भयाे ।
बाल कलाकार मार्फत अभिनय क्षेत्रमा अगाडि वढ्ने सपना लिएकी सुर्विको टिकटक आईडि @surbi_sushant रहेको छ । यस्ता प्रतिभालाई सबैको साथ र सहयोग रहेमा पक्कै पनी उनका आगामि यात्रा आशालाग्दा हुने छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

