१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । मङ्गलवारदेखि बङ्लादेशको ढाकामा सुरु भएको प्रतियोगितामा नेपालले आज भुटानसँग पहिलो खेल खेल्न लागेको हो । खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । मङ्गलवार भएको उद्घाटन खेलमा आयोजक बङ्लादेशले भुटानलाई ८–० गोलले हराउँदै विजयी सुरुवात गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि टोली पूर्ण रुपमा तयार रहेको बताएकी छन् । टोली भुटानसँगको खेल जित्नका लागि उत्साहित रहेको उनको भनाइ छ । च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिवार ढाका पुगेको थियो । च्याम्पियनसिपमा आयोजक बङ्लादेशसहित नेपाल र भुटान गरी ३ देश सहभागी छन् । नेपालले पर्सि १९ गते आयोजक बङ्लादेशसँग खेल्नेछ । त्यसपछि नेपालले कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बङ्लादेशसँग खेल्नेछ । डबल राउन्ड रोबिनपछि शीर्षस्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।