बिनोद निगम /५ कार्तिक नवलपरासी ।l
पश्चिम नवलपरासीमा रातीको ९ बजेसम्म देउसीभैलो खेल्न र विस्फोटक पदार्थको ओसारप्रसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको जिल्ला प्रशासन कार्यालय नवलपरासी-बसुपले जानकारी दिएको छ
चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोखरेलले बताए ।
उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताए । प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

