Rashtriya Dainik

नवलपरासीमा आँखा शिविर सम्पन्न : १५५ जनाको निःशुल्क आँखा परीक्षण गराए

नवलपरासी , ५ कात्तिक ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ८ बैरागनाथमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीको पाँचौवार्षिक उत्सवको अवसर परासी शाखा र क्षेत्री समाज नेपाल महिला संगठन जिल्ला समितिको संयुक्त आयोजनामा आँखा शिविर सम्पन्न भएको हो ।

बुद्ध चस्मा पसलको प्राविधिक सहयोगमा वैरागनाथ मन्दिर परिसरमा आयोजित उक्त शिविरमा स्थानीय १५५ जनाको निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण गरिएको क्षेत्री समाज नेपाल महिला संगठनकी जिल्ला अध्यक्ष बिमला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

त्यसमध्ये ५० जनामा मोतिविन्दु फेला परेको थियो भने ६० जनामा दृष्टि दोष र ३५ जनाको आँखा सामान्य कमजोर देखिएको थियो । शिविरबाट स्थानीय विपन्न तथा आँखा अस्पतालको पहुँचमा नपुगेका स्थानीय बिरामीले लाभ लिएको आचार्यले बताउनुभयो

वैरागनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दील बहादुर थापाको अध्यक्षता तथा वडा अध्यक्ष देउबहादुर गुरुङ्को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा क्षेत्री समाज नेपाल नवलपरासीका अध्यक्ष मनोज कुमार कार्की, सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी भैरहवाका क्षेत्रीय प्रबन्धक नरेश सिग्देल, परासी शाखा प्रमुख दीपक थापा क्षेत्री लगायतले आँखाको महत्वको विषयमा प्रकाश पार्नुभएको सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर एवं क्षेत्री समाज नेपाल महिला संगठनकी जिल्ला अध्यक्ष बिमला आचार्यले बताउनुभयो । शिविरमा बुद्ध चस्मा पसलका सञ्चालक देवेन्द्र चौधरीले सहजीकरण गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित