वीरगञ्ज, ५ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का अगुवा नेता कार्यकर्ताहरुसँग चुनावी छलफल गरेका छन् ।
सोलखपुरमा सांसद् प्रदीप यादवकै संसदीय विकास कोषको रकमबाट निर्मित ऐतिहासिक थारु नाँचघरमा आयोजित छलफल कार्यक्रममा सहभागी जसपाका अगुवा नेता कार्यकर्ता र स्थानीय बुद्धिजीवीहरुले जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आफुहरु लागि परेको बताए ।
उनिलहरुले पर्सा-१ का जनताले पनि चुनाव ताका मात्रै गाँउघरमा आउने तर चुनाव जितेर गइसकेपछि फर्केर पनि नआउने नेता भन्दा विकासको काम गर्ने र जनताको साथमा रहने उम्मेदवार यादवलाई यसपालि फेरि मत दिएर जिताउने मनसाय बनाइसकेको पाइएको बताए ।
त्यसका कारण पर्सा-१ मा प्रतिनिधीसभा सदस्यमा यादवको जित सुनिश्चित हुदै गइरहेको उनिहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले विगतको पाँच बर्षको कार्यकालमा आफुले पर्सा क्षेत्र नम्बर १ को विकास र समृद्धिलाई मुलमन्त्र बनाएर कामहरु गरेको बताए । यहि क्षेत्रमा पर्सा मात्र नभइ नेपाललाई नै अन्तराष्ट्रिय स्तरमा चिन्हाउने गरि अन्तराष्ट्रिय स्तरको प्राकृतिक चिडियाखाना निर्माणको काम पनि शुरु गराइसकेकाले जनताले अवश्य मूल्यांकन गर्ने यादवले बताए ।
यसैबीच वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को भेडीयाहीमा नेपाली कांग्रेस त्यागेर दुई दर्जनभन्दा बढी युवाहरुले जसपा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका स्थानीय युवा नेता रामनन्द चौधरीको नेतृत्वमा उनीहरुले जसपा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई यादवले फूलमाला र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

