Rashtriya Dainik

आफ्नो क्षेत्रको विकासमा अर्जुन दृष्टि रहनेछ : मिर्जा राशिद

कपिलवस्तु,५ कार्तिक

कपिलवस्तु क्षेत्र नं ३ (ख) जनता प्रगतिशील पार्टी नेपालबाट प्रदेश सभा उमेदवार मिर्जा राशिद बेगले
विकास र समृद्धिमै आफ्नो अर्जुन दृष्टि हुने बताएका छन् ।

घरदैलो अभियानमा जनता माझ पुगेका उम्मेदवार राशिद बेगले ५ वर्षभित्र गर्न सकिने काम मात्र घोषणापत्रमा राखिने बताए ।

बेगले आफू उमेदवारी दिएको क्षेत्रको एक गाउँमा भएको भेटघाट तथा घरदैलोमा उम्मेदवार संसद चल्दा सदनमा अन्य समयमा जनताको वीच हुने प्रतिवद्धता जनाए । उनले भने, नेताहरु चुनाव जितेर गएपछि फर्किएर आउँदैनन् भन्ने कुरा आफुले चिर्दै सँधै जनताकै माझमा हुनेछु ।

बेगले सो क्षेत्रमा कृषि, स्वास्थ्य, शिक्षा, विकास पूर्वाधार निर्माण गर्न आफ्नो पहिलो प्राथमिकता हुने बताए । उनले आफुले चुनाव जितेको खण्डमा जनता र पार्टीको शिर निहुरिन नदिने गरी काम गर्ने बताए ।
निर्वाचनमा आफु होमिनुका कारण पनि जनताको सेवक भएरै काम गर्न आफ्ना निर्वाचन क्षेत्रका समस्या राम्रो गरी बुझेकाले त्यसलाई समाधन गरिने उनले जोड दिए । जनताका माझमा गइरहँदा आफु निकै उत्साहित भएको उल्लेख गर्दै क्षेत्रको विकासमा पनि अर्जुन दृष्टि रहने कुरामा सहमति जनाए ।

क्षेत्रमा जनतासंग प्रत्यक्ष भेटघाट गर्दा जनताको समस्या लगायत स्थानीय आवश्यकता, जनताबाट सुझाव संकलन समेत गरिरहेको कुरामा आफुहरुले जोड दिएको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित