पर्सा ५ कार्तिक
पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा विभिन्न पार्टी परित्याग गरि ५० जना भन्दा बढि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
जिराभवानी गाँउपालिका वडा नम्बर १ जगतीया चोकमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले र जसपाका ५० भन्दा बढि नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।एमालेका नेता सुरेश पटेल , जसपाका सुरेन्द्र कुर्मी, वीरेश प्रसाद कुर्मी ,लोहा सिंह पटेल,दारा सिंह पटेल,उमेश पटेल ,अम्बिका यादव , बिजय पटेल ,सुजित पटेल ,श्रवण पटेल ,सन्नी पटेल ,कमलेश राय थारू ,हसमोदिन मियाँ लगायतकाहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा पर्सा ४ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार एंव काँग्रेस केन्द्रिय सदस्य रमेश रिजालले नवप्रवेशीहरुलाई अबीर टिका लगाएर पार्टीमा स्वागत गरे ।कार्यक्रममा बोल्दै काँग्रेसका स्थानीय नेता नुमान मियाँले अहिले चुनावका बेला धार्मिक सहिष्णुता बिथोल्ने नियतले एमालेका उम्मेदवार र नेताहरुले जनतालाइ भ्रम पार्न खोजे पनि जनताले उनिहरुको गलत नियत बुझिसकेकाले त्यसबाट काँग्रेसलाई केहि फरक नपर्ने बताए ।
उनले भने ,‘ पर्सा क्षेत्र नम्बर ४ मा अहिले एमालेका उम्मेदवार बनेका एक जना नेता छन् जो मुस्लमानको ठेक्दार बनेर हिडिरहेका छन् ,तीनलाइ यादव होस् कि हामी पनि मुस्लमान नै हौं यसपालिका यस क्षेत्रका सारा मुस्लमानले काँग्रेसका उम्मेदवार रमेश रजाल नै भोट दिएर अत्याधिक मतले जिताउछन् ।
कार्यक्रममा बोल्दै सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका काँग्रेस केन्द्रिय सदस्य रिजालले विगतका चुनावमा जिते पनि हारे पनि क्षेत्र छाडेर नभागेको र जनताको सेवामा निरन्तर साथ दिदै आएको बताए ।
उनले भने ,‘ यो क्षेत्रमा चुनावै पिच्छे कयौ नेताहरू आए जितेर गए तर म यसै ठाउँमा जनमेको हु र यहि नै मर्ने छु , यो क्षेत्र छाडेर अन्त कहि जानेवाला छैन , म यस क्षेत्रका जनताकै माझमा रहिरहनेछु । अहिलेको समय विकासलाइ गति दिने समय भएको भन्दै रिजालले जनताले यसपाली अवसर दिए आफनो पहुचले भ्याएसम्म क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाए ।
काँग्रेसका बुथ सभापति ग्यासुदिन मियाँको अध्यक्षता र उम्मेदवार रमेश रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काँग्रेसबाटै प्रदेशसभा सदस्यका उम्मेदवार शंकर प्रसाद चौधरी, काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु रमेश पान्डे,सहरुम राउत गदी,क्षेत्रीय सभापति श्रीकान्त यादव, वडाअध्यक्ष सुभाष यादव,नेता नुमान मिया , युवा नेता राकेश यादव,धर्मेन्द्र पटेल, राजकपुर चौधरी लगायतका नेता कार्यकर्ताको सहभागीता थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

