Rashtriya Dainik

बिकासको यात्रा नवलपरासी बाटै सुरु हुन्छ : बिनाेद चौधरी

राष्ट्रिय दैनिक / नवलपरासी , ५ कार्तिक

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले बिकासको यात्रा अब आफ्नो निर्वाचन क्षेत्रबाटै सुरु हुने बताएकाछ्न।नेपाली काङ्ग्रेसले सरावल गाउपालिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले बिकासको यात्राको सुरुवात नवलपरासीबाटै सुरुहुने प्रतिबद्धता व्यक्त गरे।

चौधरीसग मतदाताले डुबान,सिचाई र कृषिका समस्याका बारेमा जानकारी गराएका थिए।स्पष्ट नीति मार्फत आम जनताको मागको उचित सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको चौधरीले बताए।भुजहवामा भएको कार्यक्रममा स्थानियले सिमानाकामा बेहोर्नु परेको समस्या मलखादको अभाव लगायतका गुनासोको सम्बोधन गर्न आग्रह गरेका थिए।आफू निर्वाचित भए सबै समस्याको समाधानको पहल आफुबाटै हुने उल्लेख गरे।चौधरीले प्रतापपुर सुस्ता र सरावलमा पहिलो चरणको भेटघाट कार्यक्रम पूरा गरेका छ्न।राजनीतिक रुपमा पहिलो पटक यश क्षेत्रमा आए पनि यहाका मुख्य समस्याका बारेमा आफू जानकार भएको बताउदै नवलपरासी आफ्नालागी नौलो नभएको धारणा ब्यक्त गरे ।चौधरीसग सयौ युवाले बेरोजगारी समस्याका बिषय उठान गरेका छन।त्यसकालागी उधमको बिकास गर्ने अभिप्राय रहेको चौधरीले उल्लेख गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित