Rashtriya Dainik

पोखरियामा योजित पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर जसपामा प्रवेश

वीरगंज –पर्साको पोखरियामा नगरपालिकामा जसपाकप पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको वडा नम्बर ७ सतवरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा नेपालका वडा कमिटि अध्यक्ष तपसी राम र नेकपा एमाले दलित समाजका अगुवा तपसी राम लगायत सयौंको संख्यामा बिभिन्न पार्टी परित्याग गरेर जसपामा प्रवेश गर्नुभएको छ । जसपामा प्रवेश गर्नुभएको सबैजना नव प्रबेशिलाई जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य हरिनारायण रौनियाले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
जसपाले दलित , मधेशी , मुस्लिम लगायत उत्पीडनमा परेका समुदायको मुद्दालाई लिएर हिड्ने भएकाले आफुहरु जसपामा प्रवेश गर्नेको नव प्रबेशिहरुले प्रतिक्रिया दिएका छन । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो तर्फबाट जसपालाई सक्दो सहयोग गर्न नव प्रवेशी संग जसपाको केन्द्रीय सदस्य एवम निबर्तमान प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले आग्रह गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित