कपिलवस्तु, ४ कार्तिक
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, नेता सिराज फारूकी लाई नेकपा एमालेले प्रतिनिधि सभामा समानुपातिकका लागि उहांको नाम समेत सिफारिश गरेको छ l
नेकपा एमाले को गाँउ कमिटी देखि लिएर इलाका कमिटी हुदै जिल्ला कमिटी लगायत प्रायु संघका केन्द्रीय कमिटी सदस्य समेत रहेका फारूकी करीब दुई दशक भन्दा माथी नेपाल कम्युनिष्ट पार्टी एमालेका लागि पूर्ण कालिन निरन्तरता दिदै आएका उहाका समर्थकले बताएका छन् l
नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष रहेका फारूकी पार्टीका तर्फबाट उक्त संगठनको इन्चार्ज समेत रहेका छन् l साथै उहां नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका छन् l
फारूकीले बताएकी आफू नेकपा एमाले पार्टी प्रति समर्पित रहेको बताउदै समानुपातिक बाट सांसद भए विकासका गतिविधि अगाडि बढाउने तथा जनताको हितको काम सधै गर्दै आएको र गर्दै जाने बताए l साथै नेकपा एमालेका राष्ट्रीय अध्यक्ष केपी ओली प्रधानमंत्री बने देशको विकास हुने बताए l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

