Rashtriya Dainik

विदेश जाने युवालाइ राेकेर स्वदेशमै स्वराेजगार उत्पादन गर्ने याेजना हामीसित छ : विनाेद चाेधरी

उमेश बि.क / नवलपरासी , ४ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ भुजहवामा नेपाली काङ्ग्रेसकाे अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेस सरावल ७ गाउँ कार्यसमितीको आयोजनामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम वडा सभापति सन्जय कुमार मिश्रको सभापतित्व तथा काङ्ग्रेस केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार बिनाेद चाैधरीकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रिय सदस्य चाैधरीले अाफुले उम्मेदवारी गरे लगत्तै काङ्ग्रेसप्रति जनताको उत्साह र उमंग स्वस्फूर्तरुपमा रहेको र पाइएको बताउनु भएको हाे । वहाँले बाढि समस्या , नागरिकता समस्या , बेरोजगारी समस्या , भन्सार समस्या र मलखादकाे उचित ब्यवस्थापन गरि यश क्षेत्रकाे तमाम समस्या सामाधान गर्ने कुरामा जाेड दिनुभएको थियोे । साथै विदेश जाने युवालाइ राेकेर स्वदेशमै स्वराेजगार उत्पादन गर्ने याेजना रहेको बताउदै जितिसकेपछि युवालाई नवलपरासीमै राेजगार दिने प्रतिबद्धता जनाउनु भएको थियोे ।

त्यस्तै संविधानसभा सदस्य एवं निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य उम्मेदवार देवकरण कलवार सन्तुले जनता काङ्ग्रेसको पक्षमा रहेको बताउदै जितपछि जनतालाई विकासको आभास गराउने गरि बिकास गर्ने कुरामा जाेड दिनुभएको थियोे ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य उम्मेदवार विश्व प्रेम पाठकले शिक्षा , स्वास्थ , कृषि ,खानेपानी , भाैतिक पुर्वाधार , युवा राेजगार लगाएतकाे क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउदै चुनावमा सबै नेता कार्यकर्ता सक्रिय सहभागी भई सहयोग साथ दिन अनुरोध गर्नुभएको थियोे ।

कार्यक्रममा काङ्ग्रेस नेता कार्यकर्ता लगाएत क्रियाशिल सदस्यहरु एवं स्थानीयबासीहरुको बाक्लो सहभागीता रहेको थियो ।

राधेश्याम चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन दिपक क्षेत्रीले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित