महेश सिंह / सिरहा लहान , ४ कार्तिक -सिरहाको लहानमा नेकपा माओवादी केन्द्रको सिरहा क्षेत्र न.१ को क्षेत्रीय भेला तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। निर्वाचनलाई लक्षित गरि पार्टीको उमेदवारलाई निर्वाचित गर्न कार्यक्रमको आयोजना गरिएको थियो।
वडा अध्यक्ष गणेश कुमार चौधरीको अध्यक्षता र पार्टीको केन्द्रिय सदस्य सुनिता महतोको प्रमुख आतिथ्यमा भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाए।
पार्टीलाई घात नहुने गरि उमेदवारहरुलाई अ आफनो ठाँउबाट सहयोग गर्न छ्लफल भएका थिए।
उक्त कार्यक्रममा करिब ४ सय भन्दा बढी नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।आउदै गरेको सुभ दिपावली तथा छ्ठ पर्वको सुभ कामना अदान प्रदान कार्यक्रम सम्पन्न गरिएका थिए। मंसिर ४ गते सम्पन्न हुने निर्वाचनका लागी भावी रणनीतिको विषयमा विशेष छ्ल फल गरिएका थिए।सबै नेता कर्याकर्ताहरुले एक अर्कामा सुभ कामना अदान प्रदान गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

