राष्ट्रिय दैनिक / नवलपरासी , ४ कार्तिक
पश्चिम नवलपरासीको पाल्हिनन्दनमा नेपाली काङ्ग्रेसकाे अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस पाल्हिनन्दन गाउँ कार्यसमितीको आयोजनामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम पालिका सभापति हरिहर चौहानको सभापतित्व तथा काङ्ग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रिय सदस्य कण्डेलले काङ्ग्रेसप्रति जनताको उत्साह र उमंग स्वस्फूर्तरुपमा रहेको र पाइएको बताउनु भएको हाे । उनले भने` जनता अब काङ्ग्रेसको पक्षमा छ्न, हामी त्यही अनुसारको जनतालाई विकासको आभास गराउने छौं। नेता कण्डेलले निर्वाचन क्षेत्र नम्बर २ मा शिक्षा , स्वास्थ , कृषि ,खानेपानी , भाैतिक पुर्वाधार , महिला , बालबालिका तथा युवा राेजगार लगाएतकाे क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । साथै चुनावमा सबै नेता कार्यकर्ता सक्रिय सहभागी भई सहयोग साथ दिन अनुरोध गर्नुभएको थियोे ।
त्यस्तै प्रदेशसभा सदस्य २ ख का उम्मेदवार बैजनाथ जैसवालले सबैले अा अाफ्नाे ठाउँबाट सहयोग गर्न अनुरोध गर्दै अाफुले गरेको कामबारे बताउनुभएको थियो ।

कार्यक्रममा काङ्ग्रेस नेता कार्यकर्ता लगाएत क्रियाशिल सदस्यहरु एवं स्थानीयबासीहरुको बाक्लो सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

