Rashtriya Dainik

कपिलवस्तुको बाणगंगामा प्रहरीको गाडीको ब्रेक फेल हुदा प्रहरीसहित २ जनाको मृत्यु

राष्ट्रिय दैनिक / कपिलवस्तु , ४ कार्तिक

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ मा शसस्त्र प्रहरी बल बेस क्याम्प पिपराको गाडीले ब्रेक फेल भएर ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने एक जना पैदल यात्री र एक जना शसस्त्र प्रहरीका जवान हुन् ।

ब्रेक भेल भएर साइकल यात्रुलाई सो गाडीले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

घटनास्थलमा प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको छ । ब्रेक भेल भएको गाडी सडकको छेउको घरमा गएर ठोक्कीन पुगेको थियो ।

घटना शसस्त्रका ६ जना घाइते भएका छन । मृतकको सनाखत हुन सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित