Rashtriya Dainik

नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष राम कुमार महतोलाई लहानका डिएसपी मैनालीद्वारा दुव्र्यवहार

महेश सिंह /सिरहा लहान ४ कार्तिक – नेपाल सदभाना पार्टीका केन्द्रिय अध्यक्ष राम कुमार महतोले मंसिर ४ गते हुन् लागेको निर्वाचनका लागी मधेस प्रदेशको सम्पुर्ण जिल्लाका उमेदवारहरुलाई भेट्घाट गर्न र चुनावी अभियानमा निस्केका अध्यक्ष महतोलाई लहान २३ बथनाहा चौकमा गोप्य रूपमा कार्यकर्ता,नेता र जनताहरुसंग भेट्ने क्रममा अध्यक्ष महतोले चढेको गाडीमा लगाएको चुनावी प्रचार प्रशारको बाईनर गाडी बाट झिकेर पार्टी अध्यक्ष महतो लगायतका नेताहरुलाई लहानका प्रहरी नायब उपरीक्षक लगायतका टोलिले नेता महतोलाई धाख धम्की सहित अभद्र ब्यवहार गरी गाली बेजती गरेको नेता महतोको आरोप रहेका छन्।

नेता महतोका अनुसार आफुले एउटा मात्र गाडीमा बाईनर लगाएको थिए तर सिरहामा निर्वाचन अचार सहिंता लाई धाजिया उडाउदै नेपाली काङ्ग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले पर्चा पम्पलेट बाईनर सहित ठुलो ठुलो पार्टी र गठबन्धनका चुनावी सभाहरु खुले आम गरिरहेको प्रहरीले स्वम सुरक्षा दिई राखेको अवस्था रहिएको छ्।

निर्वाचन आयोगले जारी गरिएको अचार सहिंतालाई सिरहा प्रहरीले समेत उलंघन गराई रहेको अध्यक्ष महतोले आरोप लगाएका हुन्।सिरहामा विभिन्न पार्टीहरुले अचार सहिंता बिपरित काम गरिरहेको सिरहा प्रहरीले नियन्त्रण गर्न न सकिरहेको उनको आरोप रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित