Rashtriya Dainik

मेरो जीत निश्चित छ : मिश्र

अजय मिश्र / कपिलवस्तु ,३ असोज

कपिलवस्तु क्षेत्र न ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ईश्वर दयाल मिश्रले आफ्नो जित सुनिश्चित भैसकेको दाबी गरेका छन् । मंसिर ४ मा हुने आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता प्रगतिशील पार्टीले निर्वाचन प्रचार प्रसार समितीको कार्यालयको निर्वाचन प्रचार प्रसार समितीको कार्यालय उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिश्रले आफ्नो विजय सुनिश्चित भैसकेको बताएका हुन् । उनले भने, ‘यहाँ मेरो विजयी सुनिश्चित भैसकेको छ,यस क्षेत्रको लागि मैले जति कसैले पनि काम गरेकै छैन । म गत निर्वाचन म चुनाव हारे पनि यस क्षेत्रका लागि करोड़ो रुपिया को योजना लएको हो। त्यही भएर यस पटक जनताले “हाम्रोलाई होइन राम्रोलाई” वोट दिन्छ । यस क्षेत्रमा जनताको समस्यामा पनि कुनै परिवर्तन नभएको र नागरिकले दुख पिडा सहदै आएकोले अब परिवर्तन खोजेको उनले बताए । त्यही भएर यस निर्वाचनमा कसैको प्रलोभन र अपूवादमा नगई मतदान गर्न अनुरोध गर्नुभएको हाे।

नेता मिश्रले कृषि ,स्वास्थ्य र शिक्षामा पनि बढ़ी जोड़ दिए lपूर्ब भौतिक तथा निर्माण राज्यमन्त्री बनेका मिश्र जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय महासचिव समेत हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित