कपिलवस्तु,३ कार्तिक
कपिलवस्तु प्रतिनिधी निर्वाचन क्षेत्र नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा क्षेत्र नम्बर ३ का नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले क्षेत्रमा प्रचार प्रसारमा तिब्रता दिएका छन्।
शाह लाई क्षेत्रका जनताले ३ पटक प्रत्यक्षमा आफ्नो मत दिई विजयी बनाएको तथा एक पटक मनोनीतमा सांसद भै
क्षेत्रको जनता बिच छुट्टै पहिचान बनाउन सफल युवा तथा विकासशील नेताका रुपमा क्षेत्रको विकास लगायत जनताको सुख दुखमा सधै साथ दिदै आएका कुरा स्थानीय खुलेरै तारिफ़ गर्छन l
प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिएका अभिषेक प्रताप शाहले क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य क्षेत्रको विकास गर्दे आएको र अझ विकास गर्ने उद्देश्यका साथ जनता बिच आफ्नो चुनावी ऐजेंडाका साथ जन समपर्क गरिरहेको जानकारी दिएका छन् l
उक्त प्रचार प्रसारमा वडा कमिटी, नगर कमिटी, क्षेत्रीए कमिटी, जिल्ला कमिटीका पदाधिकारी हरु, पार्टी समर्थक, शुभचिंतक, बाम लोकतान्त्रिक गठबन्धन समर्थक लगायतको सहभागितामा क्षेत्रमा प्रचार प्रसारमा तिब्रता दिएका छन् l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

