वीरगञ्ज, २ कार्तिक । नेकपा एमालेका नेता विचारी यादवले जसपा नेता एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव पर्साको विकास र समृद्धिका लागि चाहिने नेता भएको बताएका छन् ।
मंगलबार वीरगञ्जमा सन्चारकर्मीसँग कुरा गर्दै एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका यादवले भने, ‘प्रदीप यादवलाई पर्सा जिल्ला मात्र नभइ देशभरका जनताले विकास प्रेमी नेताका रुपमा चिन्छन् , त्यसका कारण पर्सा जिल्लालाई प्रदीप यादव सधै चाहिन्छ ।’
उनले पर्सा-१ मा प्रदीप यादवलाई कसैले पनि हराउन नसक्ने ठोकुवा पनि गरे । विचारी यादवले भने, ‘पर्सा-१ मा विगतको चुनावका मत हर्दा अर्को गठबन्धन भन्दा एमाले जसपा गठबन्धनको मतान्तर ३० हजार भन्दा बढिले छ, त्यसका कारण यो चुनावमा पर्सा १ मा प्रदीप यादव र विचारी यादवलाइ कसैले पनि हराउन सक्दैन ।’
उनले पर्सा जिल्लामा यसै पनि एमाले र जसपा दुवै दलको जनाधार बलियो रहेको भन्दै दुवै दल मिलेर चुनाव लड्दा आफुहरुको जित सुनिश्चित भइसकेको बताए । उनले एमाले सपा गठबन्धन अर्को गठबन्धनको जस्तो चुनाव हार्ने डरले नभइ मधेस र देशको समृद्धिका लागि बनेको स्पष्ट पारे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

