Rashtriya Dainik

चुनावी सरगर्मी बढेसंगै जनजनमा नेता कण्डेलकाे क्रेज बढ्दै

राष्ट्रिय दैनिक / नवलपरासी , २ कार्तिक

पश्चिम नवलपरासीमा आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।

अहिले देशका मुख्य राजनीतिक दल चुनाव केन्द्रित भइरहँदा उम्मेदवारहरू भने आफ्नो पक्षमा जित निकाल्न मतदाता समक्ष पुगिसकेका छन् । उम्मेदवारी दर्ता गरेसँगै सामाजिक सञ्जाल र विभिन्न कार्यक्रमहरूमार्फत मत सङ्कलनका लागि जुटेका दल र उम्मेदवारहरूले अहिले सम्पर्क कार्यालय धमाधम खुलाएर पार्टी गतिविधि तीव्र बनाएका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मध्ये देवेन्द्रराज कँडेल (मुन्ना बाबु) को नामपनि शिर्षस्थानमा गनिन्छ । बोनस लाईफमा बाँचीरह्नु भएका नेता कँडेल बहुदलीय ब्यवस्था स्थापनाका लागि विद्यार्थी जीवनबाटै संघर्ष गर्नु भएको छ ।

राजनीतिमा नै जीवन समर्पण गर्नु भएका नेता कँडेलको जीवन संघर्षपूर्ण छ । गाउँदेखि केन्द्रसम्म राम्रो पकड बनाएका कांग्रेसका केन्द्रीय सदस्य कँडेल अहिले लुम्बिनी प्रदेश नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष तर्फका प्रतिनिधि सभा सदस्यका उमेदवार बनेर घरदैलोमा ब्यस्त हुनुहुन्छ ।

यस निर्वाचन क्षेत्रमा उँहाको राम्रो प्रभावसमेत देखिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि उँहाको आफ्नै घर रहेको रमपुरवाँ सिमा नाकासम्म फैलिएको यस निर्वाचन क्षेत्रमा अहिले कांग्रेसको प्रचार र प्रभाव तिब्र छ ।

नेता कण्डेल यति बेला विभन्न प्रचारप्रसारका कार्यक्रम र घरदैलोमा भिड्नु भएको छ । वहाँ कार्यकर्ता भेटघाट तथा जनतासँग भेटघाट गरिरहदा जनताहरु निकै उत्साहित भएका छन ।

राजनीतिमा बलियो पकड
जिल्लादेखि केन्द्रीय पार्टी राजनीतिमा बलियो पकड भएका कारण पनि कण्डेल रोजाईमा परेको स्थानिय नेता तथा कार्यकर्ता बताउँछन् ।

कांग्रेसका प्रभावशाली नेताहरु मध्ये कण्डेल चर्चामा यो कारण पनि छन् उनी पदको लालचा कहिले पनि देखाएनन् ।

नेता कण्डेलको बिगत संंघर्षमय
वि.सं २०१३ चैत्र १४ गते बुवा पृथ्वीराज कँण्डेल र आमा धनदेवी कण्डेलको कोखबाट जन्मिनु भएका नेता कण्डेलको जीवन पनि संंघर्षमै बितेको छ ।

स्नातक तह उत्तिण कण्डेल अन्तराष्ट्रिय हकी खेलाडी भएर पनि नेपाल र भारतको समेत खेल जगतमा योगदान छ ।

तर कण्डेलकी हजुरमुवा साथै बुवा पृथ्वीराज कण्डेलको राजनीतिक जीवनबाट अत्यन्त प्रभावित नेता देवेन्द्र पढाई र खेललाई विद्यार्थी जीवनमै बिट मार्नुभयो ।

उहाँको बुवा पृथ्वीराज नेपाल पहिलो जन निर्वाचन २०१५ मा सांसद समेत रह्नु भएको थियो भने उहाँको हजुरमुवा पनि पुर्व सांसद हुनुहुन्थ्यो ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री र नेपालको २२ औं प्रधानमन्त्रीको रुपमा रह्नु भएको विश्वेश्वर प्रसाद कोईरालाको सरकारमा उहाँको बुवा पृथ्बीराज कण्डेलले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो ।

तर नेता देवेन्द्रराज कण्डेलले भने औपचारिक राजनीति २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि अन्यन्तै सक्रियताका साथ बहुदलको पक्षमा प्रचारप्रसार अभियानमा लागेर सुरु गर्नु भएको हो ।

तत्पश्चात नेपाल विद्यार्थी संघमा लागेर नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका कण्डेल बहुदलीय ब्यवस्थामा साविक बडहरा दुबौलिया गाविसमा दुईपटक अध्यक्षमा समेत भारी मतले बिजयी हुनु भएको थियो।

युवा अबस्थाका यी कार्यले पनि नेता कण्डेलको बिगत संंघर्षमय रहेको उल्लेख हुन्छ ।

अन्तराष्ट्रिय जगतमा कण्डेलको चर्चा
बोनस लाईफमा बाँचीरहेका नेता कण्डेल बहुदलीय ब्यवस्था पछि द्धन्द्धकालमा गृह राज्य मन्त्रीको भुमिकामा रहँदा सरकारको तर्फबाट तत्कालीन अवस्थामा माओवादीका शिर्ष नेताहरुको टाउकोको मोल तोकेर राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा कण्डेल एकाएक चर्चामा आउनुभएको थियो ।

सोही काम गरेर चर्चामा आउनुभएका कण्डेललाई सोही बखत द्धन्द्ध कालमा तत्कालीन माओबादीबाट १७ राउण्ड गोली प्रहार भई आक्रमणको प्रयास भएको थियो ।

यद्यपी मृत्युलाई समेत जितेर कण्डेल भाग्यले बाच्न सफल हुनुभयो । कण्डेललाई त्यो बेला लागेको गोलीहरु मध्ये एउटा गोली अझै पनि छातीमा छ ।

त्यसो त भारत स्थित युपीका मुख्यमन्त्री आदित्य नाथसङ्ग बिशेष सम्बन्ध रहेका कण्डेलको भारत लगायत अन्य देशमा पनि सम्बन्ध उत्तिकै बलियो छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित