Rashtriya Dainik

शिक्षामा सबैको बराबर पहुच गर्न प्रतिबद्ध छु –डा.मधु

वीरगंज –देशमा बिभिन्न आन्दोलनबाट प्राप्त भएको बिभिन्न मागलाई अब संस्थागत रुपमा प्रयोग गर्नुपर्ने बेला आएको पर्सा क्षेत्र नम्बर ३ को ( ख ) बाट मधेश प्रदेशकी उम्मेदवारी दिनुभएकी डा.मधु गुप्ताले बताउनुभएको छ । व्यवस्था बदलिएको मुलुकमा अब जनताको अवस्था बल्द्नु पर्ने आवश्यकता रहेको बताउदै डा.गुप्ता कुर्मीले शिक्षामा सबैको बराबर पहुच पुर्याउनु पर्नेमा जोड दिनुभयो । उहाले जब समाजमा प्रत्येक नागरिकले शिक्षित हुदैन तब सम्म हाम्रा समाजका अवस्था परिवर्तन नहुने भएकोले पहिलो प्राथमिकता शिक्षालाई दिएर समाजलाई सबल सम सक्षम बनाउने र बालि परिवर्तनओ बारेमा सोच्दै अगाडी बढ्ने बताउनुभएको हो । चुनावी घरदैलोको क्रममा पोखरिया नगरपालिकाको वडा नम्बर ६ श्रीसियाको बिभिन्न टोलमा पूग्नुभएकी डा.गुप्ताले त्यहाको अवस्थालाई स्थलगत रुपमा नियाल्नु भएको र अब त्यहा भएका विद्यामान समस्यालाई निरिक्योल गर्ने गरी काम गर्नको लागी जनताले आफ्ना मत बाट मलाई निर्देशित गर्नुपर्ने बताउनुभयो । डा.गुप्ता कुर्मी जसपा र नेकपा एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यकी साझा उम्मेदवार हुनुहुन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित