Rashtriya Dainik

पर्सा क्षेत्र नं.४ मा नेकपा एमाले र जसपाको अगुवा कार्यकर्ता भेला सम्पन

राजन कुमार बानिया / पर्सा १ कार्तिक
पर्सा क्षेत्र नं ४ मा नेकपा एमाले र जसपा नेपालको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। नेकपा एमाले र जसपाको अगुवा कार्यकर्ता भेला अाज पर्साको जानकिटोलामा भएको कार्यक्रममा प्रमुख अतिथ रहनु भएका जसपाका नेता तथा मधेश प्रदेश का मुख्यमन्त्री लालबाबु राउतले संबोधन गर्दै भने देश बिकासका लागि नेकपा र जसपा नेपाल का गठबन्धनलाई भोट दिन अाग्रह गर्नु भएको हो। गठबन्धनका उमेदवारले पहिला देखि काम गर्दै अाईरहेका छन प्रतिनिधि सभाका उमेदवार मियाले गाउँपालिका अध्यक्ष भएर धेरै बिकास गरेका छन ।त्यसतै प्रदेश सभा का उमेलवार थारुले पानी राम्रो बिकास गर्नु भएको र प्रदेश सभा सदस्य पदका उमेलवार कलवारले पानी पाँच वर्षमा सबै भन्दा बढि बिकास गर्नु भएको छ। बिकास को बारेमा हामी हरु प्रदेश साँसद कलवार संग सिखेको छु। काम गरेको बापत एउटा भोट दिन अागणरह समेत गर्नु भएका छन।
पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार जालिम मियाँ ले देश बिकास का लागि गठबन्धन का जित जरुरी रहेको बताए । सत्तारुढ गठबन्धन का उम्मेदवार रमेश रिजाल ले यस क्षेत्रमा ३ पटक जितेर केही विकास नगरेको आरोप लगाए । रिजालले जनता हरु माथी मुद्दा गराएर लडाउन बाहेक राम्रो काम नगरेको अारोप मियाँ ले लगाए। मियाले सतारुढ गठबन्धन उम्मेदवार ले साम्प्रदायिक नारा लगाउने गरेको बताउनु भयो ।
नेकपा एमाले पर्साको अध्यक्ष एवं क्षेत्र नं ४ को( क ) उम्मेदवार जय प्रकाश थारुले भने पर्साको चार वटै क्षेत्रमा एमाले जसपा गठबन्धन उम्मेदवार जित्ने दावी गर्नु भयो । गठबन्धन प्रति एक जुट भएर जान समेत उनले आग्रह गरे।
प्रदेश सभ सदस्य सिंहासन साह कलवारले नेकपा एमाले र जसपा को उम्मेदवार जित्ने दावी गर्नु भयो । क्षेत्र नं ४ को ख मा ३० वर्ष मा नभएको बिकास निर्माण को काम गरेको उनले बताए। र थप काम गर्न दिन लाई आफुलाई जनता ले जिताउने उनले बताए । कार्यक्रम मा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ ले भने बजियान र थरुहट का जनता हरु ले भनिरहाहोला कि पहाडी समुदाय ले भोट दिदैन ,त्यसता भ्रममा नपर्नु होला ठोरी गाउँपालिका बाट बढि भन्दा बढि भोट दिने दाबी गर्नु भएको हो। अध्यक्ष श्रेष्ठ ले भने तपाईं हरु यता बाट साथ लिनुस जितेर हेराृन्छु। कार्यकर्ता भेला क्षेत्रिय अध्यक्ष यम बहादुर बस्नेतको अध्यक्षमा भएको कार्यक्रममा नेकपा पर्सा ईनचार्ज प्रभु हजरा,
नेकपा एमालेका केन्द्रिय सदस्य एवं समानुपातिक उम्मेदवार निर्मला देवकोटा ,नेपाल बुद्धिजीवी परिषद मधेस का अध्यक्ष शम्भु गुप्ता, धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान , लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियोे । कार्यक्रममा नेता कार्यकर्ताहरु उल्खनिय सहभागिता रहेको थियो। कार्यक्रम संचालन जसपाका सचिन सिंहले गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित