Rashtriya Dainik

सरावलमा बंगुर पाल्नकाे लागि चार हजार नगद सहित पाैष्टिक अहार र भिटामिनकाे अाैषधि वितरण

उमेश बि.क / नवलपरासी , १ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मा ब्यवसायिक बंगुर बिकास कार्यक्रम अन्तर्गत बंगुर पालक किसानहरुका लागि २ दिने तालिम सम्पन्न भएको छ।

वडा नम्बर २ काे कार्यवाहक अध्यक्ष तुफानीलाल गुप्ताकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न भएको हाे।

कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष चाैधरीले तालिमले व्यवसायिक सहयोग पुगेको तर्क राख्दै सहभागीहरुलाई व्यवसायमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष चाैधरीले किसानहरुले परम्परागत तरिकाबाट गर्दै आएको पेशालाई आधुनिक तरिकाबाट गर्न सके त्यसले किसानलाई व्यवसायिक बनाउनुको साथै आर्थिक रुपमा समेत फाइदा पुग्ने बताउनुभयो । बंगुर पालनको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने भए बंगुर पकेट क्षेत्र बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत बताउनुभयो । केही व्यवसायिको नाउँमा गोजीमा कागजपत्र बोकेर अनुदान लिदै हिड्ने व्यक्तिहरु पनि पालिका भित्रै भएकाले त्यस्ता व्यक्तिलाई पछि पारेर अब हामी गर्छौ भन्ने सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभएको थियो ।

तालिममा २५ जनाकाे सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई ५० प्रतिशतमा पाठी खरिदकाे लागि चार हजार नगद सहित पाैष्टिक अहार र भिटामिनकाे अाैषधि वितरण गरिएको हाे।

तालिमकाे सहजिकरण पशुशाखा प्रमुख यम अर्यालले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित