Rashtriya Dainik

नवलपरासीको सुस्तामा सहकारी एकीकृत सुचना प्रणाली COPOMIS तालिम सम्पन्न

उमेश बि.क / नवलपरासी , १ कार्तिक

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा सहकारी एकीकृत सुचना प्रणाली तालिम सम्पन्न भएको छ।

सुस्ता गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरुको सूचनालाई व्यबस्थित र सहकारीको पारदर्शिता लगायतको व्यबस्थापन प्रणालीबारे सहकारी कर्मीहरुलाई उक्त तालिम प्रदान गरिएको हो।

तालिम समापन गर्दै गाउँपालिकाका अध्यक्ष टेक नरायण उपाध्यायले सहकारीको नियमन तथा शेयर सदस्यहरु प्रति उत्तरदायी संस्थाको रुपमा बिकास गर्न आवस्यक रहेको बताउनु भएको थियो । संस्थामा आवद्ध शेयर सदस्यहरुको अार्थिक स्तर तथा आय आर्जनको श्रोतलाई पहिचानगरी सदस्यहरुलाई आत्मनिभर मुलक कार्यक्रमहरु संचालन नगर्दासम्म बचत र ऋण कार्यक्रमले मात्र सदस्यको जिवनस्तरमा कुनै परिवर्तन नआउने बताउनु भयो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले काेपाेमिस सहकारीहरुको सुचना व्यबस्थापन प्रणाली भएको यस प्रणाली मार्फत सहकारीसंस्थाहरुलाई आवस्यक पर्ने हरेक सूचनाहरु कोपोमिसको माध्यमबाट प्राप्त भई सहकारी संस्थालई व्यबस्थित र पारदर्शी बनाउन सहज हुने बताउनु भयो। कोपोमिसबाट सहकारीले संचलालन गन हरेक कारोवारहरुको एकीकृत, वर्गीकरण तथा बिश्लेषण गर्ने तथा प्राप्त नतिजाहरुबाट संस्थाको आन्तरिक तथा बाह्य वातावरणमा सम्बद्ध कुशलता पुर्वक र प्रभावकारी रुपले सम्प्रेषण गर्न सहज हुने भएको हरेक सहकारी संस्थाहहरुले कोपोमिस दर्तागरी कारोवार संचालन गर्न समेत आग्रह गर्नु भयो।

त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष कृष्णलाल मुखियाले सहकारीहको सूचना ब्यबस्थापन प्रणाली तालिमले सहकारीकर्मीहरुमा नयाँ ताजगी सहकारीलाई व्यबस्थित र पारदर्शी बनाउनमा सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भयो।

सुस्ता गाउँपालिकाबाट असाेज ३१ गतेदेखि सन्चालित तालिम अाज सम्पन्न भएको हाे । तालिमकाे सहजिकरण दिल कुमार वलिले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित