Rashtriya Dainik

कपिलबस्तुका सन्जय थारुले आफ्नै ससुरालीकाे एक कराेड रकम ठगी गरी फरार

रुपन्देही , १ कार्तिक

कपिलबस्तुका सन्जय थारुले आफ्नै ससुरालीकाे एक कराेड रकम ठगी गरी फरार
फरार भएका छन ।

व्यवासायिक भिषामा श्रीमती सँगै काेरिया जाने भन्दै ससुरालीबाट साे रकम लिई सन्जय फरार भएका हुन ।
सन्जय थारुका सासुआमा पुष्पा चाैधरी छाेरी ज्वाईँ काेरियामा व्यापार गर्न जाने भनेपछि दङ्ग थिईन ।

वि. सं. २०७८ साल असाेज १० गते ४४ लाख रूपैया पुष्पाले आफ्नाे छाेरी निर्मा चाैधरीकाे खातामा जम्मा गरिदिईन । भिषा प्रकृया मिलाउने भन्दै सञ्जयले श्रीमती निर्मालाई झुक्याउँदै पटक पटक पैसा लिदै आएका थिए ।

बिभिन्न समयमा ईसेवामा लाेड गरी आफ्नाे खाताबाट सञ्जयले ब्यक्तिगत खातामा पैसा जम्मा गरेकाे निर्माले बताईन । बिभिन्न समयमा गरी एक कराेड रूपैया झुक्याएर लिएकाे पिडित परिवारले बताएका छन ।

पैसा लिईसके पछि सञ्जय थारु अहिले सम्म सम्पर्कमा नआएकाे पुष्पा कुमारी चाैधरी (सञ्जयका सासु) ले जानकारी गराउनु भयाे । सञ्जय थारु बिदेश पठाईदिने भन्दै बिभिन्न ब्यक्तिबाट समेत पैसा लिई ठग्दै आएकाे बुझिएकाे छ ।
फरार रहेका सञ्जयका श्रीमती निर्मा चाैधरीले आफुलाई पनि काेरिया लैजाने भन्दै प्रलाेभन देखाई आफ्नाे माईती बाट पैसा लिएकाे बताएकी छिन ।

निर्माले बुवाकाे बैँक खातामा रहेकाे १० लाख समेत झुक्याएर निकालेकाे बताएकि छिन । फरार रहेका सञ्जयलाइ खाेजी गरी पक्राउ गरी पाउँ भनि निवेदन दिईसकेकाे निर्मा चाैधरीले बताईन ।

फरार सञ्जयले अनलाईन बिजनेशका नाममा ठगी धन्दा गर्दै आएकाे पिडित परिवारले जनाएका छन । फरार रहेका सञ्जयलाई यथाशीघ्र पक्राउ गरी आफुहरुकाे रकम फिर्ता गराईदिन पिडित परिवारले आग्रह गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित