Rashtriya Dainik

म टुरिष्ट उमेदवार हो होईन जान्दिन तर टुरिजमलाई कसरी प्रवर्द्धन गर्नुपर्छ राम्रो सग थाहा छ : बिनोद चौधरी

नवलपरासी , १ कार्तिक

आउदो मङ्सिर ४ मा हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उमेदवार हरु यतिबेला घरदैलो अभियानमा जुटेका छ्न।जनता सामु आफुलाई अब्बल साबित गर्न एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न उमेदवार हरु आतुर छन।पश्चिम् नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेस का केन्द्रिय सदस्य बिनोद चौधरी यतिबेला आफ्ना एजेन्डा र योजना बोकेर घरदैलो अभियानमा जुटेका छ्न।

मतदातालाई आफ्नो भिजन र अनुभव सुनाउदै उनी बिहानदेखिनै टोल टोलमा पुग्ने गरेका छ्न।ब्यवसायिक रुपमा प्रबुद्ध नाम कमाएर चौधरी सग सो क्षेत्रका जनताले ठूलो आशा बोकेका छ्न।उनी पुग्ने हरेक ठाउमा युवा र बृद्दाहरुले आ आफ्ना ठाउका गुनासो पोख्दै परिवर्तनको सम्बाहकको बिकल्पको रुपमा उनलाई लिएको बताएका छ्न।उनले जनतामाझ गरेका प्रतिबद्धता हरु पूरा हुन यसपाला उनको राजनीतिक यात्राको पहिलो खुड्किलो बनेको छ पश्चिम् नवलपरासी ।यश क्षेत्रका सबै नेतृत्वलाई भोगेका जनताहरुले चौधरीको दक्षता भने हेर्न बाकी रहेको उनका समर्थकहरु बताउछ्न।

मुलुककै परिवर्तनका लागि राजनीतिमा होमिएको बताउने चौधरीले यस क्षेत्रका अन्य राजनीतिक दलका उमेदवारले टुरिष्ट उमेदवार को पगरी भिराएकोमा आपत्ती जनाउदै त्यसको खण्डन गरेका छन।उनी भन्छ्न राजनीतिक रुपमा मेरा लागि यो क्षेत्र नया होला तर ब्यवसायिक रुपमा म ४० बर्ष देखि नवलपरासी सग जोडिएको छु ।मलाई उमेदवार टुरिष्ट हुन्छ भन्ने थाहा छैन तर टुरिजम के हो मैले राम्ररी बुझेको छु ।टुरिजमको माध्यम बाट उल्लेख आर्थिक बिकास गर्न सकिने उनको भनाई छ।

यतिबेला उनी प्रतापपुर गाउपालिकाका विभिन्न वडामा पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी भैरहेका छ्न।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित