राष्ट्रिय दैनिक / नवलपरासी / १ कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ बडहरामा कबड्डि प्रतियाेगिता सुरु भएको छ। जयमा काेटही युवाक्लब बडहराको आयोजनामा क्लबका अध्यक्ष रमेश केवटको अध्यक्षता तथा बर्दघाट नगरपालिका मेयर सम्भुलाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा प्रतियाेगिता उटघाटन भएको हाे। कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर श्रेष्ठले स्वास्थ्यकाे लागि र राष्ट्रिकाे लागि खेलकुद महत्त्वपूर्ण रहेको बताउनु भएको हाे। खेल क्षेत्रमा सरावल अगाडि रहेको कुरा बारे चर्चा गर्दै खेलकुदको विकासमा टेवा पुर्याउनकाे लागि अाफुले सहयोग गर्ने बताउदै कबड्डी खेलको विकासमा फड्को मारेको बताउदै यो खेलको आकर्षण पनि बढेको बताउनुभयो । खेलकुदकाे माध्यमबाट युवाहरु संगठित हुनुकाे साथै कुलतबाट बचाउन निकै महत्त्वपूर्ण भुमिका खेल्छबारे चर्चा गर्नुभएको थियोे । कार्यक्रममा नेपाली काङ्ग्रेस वडा नं. ४ सभापति जन्मेजय यादव, वडा नम्बर ५ वडा सदस्य सुधव सहानी लगाएतले मन्तब्य राख्नुभएको थियो । प्रतियोगितामा भारतकाे भाेजपुरी नायक एवं गायक राजा भाेजपुरीकाे विशेष सांस्कृतिक प्रस्तुति रहेको थियोे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।