कृष्णनगर, असोज ३१
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ मा चुनावी प्रचार प्रसार लाई उमेदवारहरू तिब्र पारेका छन् l
सोही क्रममा जनता प्रगतिशील पार्टी नेपालका महासचिव ले कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा आफ्नो उमेदवारी पछि आफ्नो ऐजेंडा सहित चुनावी प्रचार प्रसारमा होमिएका छन् l क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्यमा जनता प्रगतिशील पार्टी नेपालबाट उमेदवारी दिएका मिर्जा राशिद बेग पनि किसानको हकहित लगायत विकासका ऐजेंडा लिएर चुनावी मैदानमा होमिएका छन् l
मिश्र मंत्री भएको बेला क्षेत्र तथा जिल्लामा विकास गरेका र उहां पछि हारे पनि क्षेत्रमा करोडौं को बजेट ल्याउन सक्रिय भूमिका निर्वाह गरेकाले उहां एक विकास प्रेमी नेता रहेको क्षेत्रवासिको भनाई रहेको छ साथै उहांलाई जनताको साथ र समर्थन रहने पार्टी समर्थक तथा शुभचिन्त हरूले बताए l
त्यस्तै बेग पनि पार्टीले किसान लाई भातृ होइन मातृ संगठनको रूपमा एजेण्डा राखेको बताउदै क्षेत्रमा किसानको हकहितमा काम गर्ने तथा रोजगारी क्षेत्रमा युवाको सहभागिता, शिक्षा, स्वास्थ्य क्षेत्र लगायत अन्य क्षेत्रमा सुधार गराउने ऐजेंडा लगायत अन्य ऐजेंडाका साथ प्रचार प्रसारमा लगेको बताए l
चुनाव प्रचार प्रसारमा वडा कमिटी, नगर कमिटी, क्षेत्रीए कमिटी, जिल्ला कमिटीका पदाधिकारी हरु, पार्टी समर्थक, शुभचिंतक लगायतका नेता तथा कार्यकर्ता हरू होमिएको जानकारी गराइएको छ l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

