Rashtriya Dainik

विनोद चौधरीकाे चुनावी अभियान : मोटरसाइकलमा बसेर चुनाव प्रचार

नवलपरासी ,३१ असोज
उद्योगपति विनोद चौधरी नयाँ शैलीसहित चुनावी प्रचार प्रसारमा लागेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरी मोटरसाईकलको पछाडी बसेर चुनावी प्रचारमा जुटेका छन् ।

सामाजिक सञ्जालबाट चुनावी प्रचारको फोटो सार्वजनिक गरेका चौधरीको प्रचार शैलीबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ ।

घरदैलो अभियानकै क्रममा रहेका चौधरीले आफू जनताको घर आँगनमा रहेको बताए । उनले आफ्नो बल बुद्धिलाई समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने शुत्रका साथ जनतामाझ समर्पित हुने बताएका छन् । देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई व्यावसायिक बनाउँदै किसानका समस्या हल गर्न आफू लाग्ने उनले बताए ।

सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै किसानका हर समस्या समाधान गर्दै, बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समयसापेक्ष आमूल परिवर्तन गर्ने अठोटका साथ, आफ्ना जनता, साथिभाइ अनि दाजुभाइबीच उभिएको छु । धेरै हेर्‍यौँ र पर्खियौँ अब समृद्धि र विकासको सपना छिटैँ पूरा गरौँ । म जनताको साथमा,अनि देशको आमूल परिवर्तन हाम्रो साथमा ।’

चौधरी यसअघि पनि कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका थिए । नवलपरासीमा चौधरीका मुख्य प्रतिस्पर्धी हुन् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित