रामु भुसाल,
पश्चिम नवलपरासीको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ७ को २९ औँ बार्षिक साधारणसभा आईतबार जिमिरेभारमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न् कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सहकारीले ऋण र बचतमा मात्र ध्यान नदिई आफ्ना शेयर सदस्यहरुलाई उत्पादन संग जोड्नुपर्ने बताउनुभयो । साथै उहाले नगरबासीलाई कृषि र पशु व्यवसायमा प्रवद्र्धधन गर्न नगरले कृषकलाई अनुदान भन्दापनि उत्पादनमा राहत प्रदान गर्ने लक्ष्य लिएको बताउदै नगरभित्र सिचाई र बिउ विजन लगायत उत्पादनमा राहत दिने बताउनुभयो । सोही कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बोल्दै नेफ्स्कुन फिल्ड कार्यालय बुटवलका सञ्चालक समिती सदस्य रविन्द्र बिक्रम हमालले सहकार्य बाट नै सहकारी संचालन हुने हुदा शेयर सदस्य र सञ्चालकको ईमान्दारिता बाट सहकारी उत्कृष्ट हुने बताउदै शेयर सदस्यहरुको सहयोग र उत्कृष्ट नेतृत्वको कारणले सहकारी संस्था उत्कृष्ट बन्न सफल भएको बताउनुभयो । उहाँले प्रोब्सेन ब्राण्ड र एक्सेस ब्राण्ड पाउन सफल भएको सस्था अझै उचाईमा पुर्याउन जोड दिनुभयो । सभामा अध्यक्षको प्रतिबेदन अध्यक्ष देवि प्रसाद अधिकारिले र गत आर्थिक २०७८, ०७९ को प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाकी सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनालले संस्थाको कुल ८१ करोड बराबरको आय व्यय बिबरण प्रस्तुत गर्दै सस्थाले १ करोड ७८ लाख ७१ ह्जार ८ सय ७२ रुपिया शुद्ध नाफा गर्न सफल भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा संयोजक बोध प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी, बर्दघाट नगरपालिकाकी पुर्व उपप्रमुख माया देवी पौडेल, वार्ड नंं १ का वार्डअध्यक्ष सन्दिप सापकोटा, पुर्ब सञ्चालक एवं सल्लाहकार कृष्ण हरी पौडेल, पुर्व लेखा सुपरिवेक्षण समितका तर्फबाट सोमनाथ अधिकारी, शेयर सदस्यको तर्फदेखी खगेश्वर चापागाई लगाएतले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा संस्थामा उत्कृष्ट शेयरकर्ता, बचत कर्ता, असल ऋणी, बाल बचतकर्ता र उत्कृष्ट कर्मचारी लगायत गरी ३७ जनालाई नगद सहित सम्मानपत्रले सम्मान समेत गरिएको थियो । सस्थाका सहसचिव देवीदत्त सापकोटाको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन सचिव राधा ढकालले गर्नुभएको थियो । नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको ग्रामीण साकोसमा ५ हजार ८ सय ७२ महिला र ४ हजार २ सय ६२ पुरुष गरि कुल १० हजार १ सय ४२ जना शेयर सदस्य र सस्थागत ८ एवं १ हजार ९ सय २१ बाल सदस्य रहेको र संस्थाले बर्दघाट नगरपलिकामा ५ स्थान बाट बर्दघाट, जिमिरेभार, दाउन्नेदेवी, जहदा र पन्चनगर भुताहा बाट सेवा दिईरहेको संस्थाका व्यवस्थापक अनन्त पाण्डेले बताउनु भयो । सस्थाले प्रत्येक सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा सम्पन्न गर्दै आइत बार सस्थाको केन्द्रिय कार्यालयमा २९ औँ साधारण सभा सम्पन्न गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

