Rashtriya Dainik

पाठे बाघ मृत फेला

राजन कुमार बानिया / पर्सा ३० असोज
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा पाठे बाघ मृत फेला परेको छ । राष्ट्रिय वनबाट करिब तीनसय मिटर दक्षिण भलुवाही खोला नजिकै मृत बाघ आईतबार फेला परेको हो ।
मृत भेटिएको ९ फिट ४ इन्चको बाघको दुईवटा खुट्टा काटेर लगेको पाईएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ । तीनचार दिन अघि नै मरेको बाघको मृत शरीरबाट दुर्गन्ध पनि आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले जानकारी दिनुभयो ।
मृत बाघको चितवनबाट आएको प्राविधिक विज्ञहरुको टोलीले पोष्ट मार्टम गरेपछि मृत बाघ लाई स्थानीय जनप्रतिनिधि नेपाली सेना निकुञ्ज कर्मचारी बन कर्मचारी र सन्चारकर्मी को रोहवरमा सब डिभिजन बन कार्यालय को कम्पाउण्ड मा गाडिएको डिभिजन बन कार्यालय पर्साका प्रमुख डिभिन बन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित