Rashtriya Dainik

नेकपा एसका पटेल जसपामा प्रवेश

वीरगंज ३० असोज । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार रहेका दिनेश पटेलले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ मा नेकपा एसबाट वडा अध्यक्ष लडेका पटेललाई पूर्वमन्त्री प्रदीप यादवले जसपा प्रवेश गराएका हुन् । पटेललाई यादवले फुलमाला र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिय रहेका पटेलको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मुखमा जसपा प्रवेश गरेपछि नेकपा एस र समग्रमा सत्ता गठबन्धनलाई ठूलो झट्का लागेको छ भने जसपालाई फाइदा हुने देखिएको छ । पटेल उक्त क्षेत्रमा राम्रो पकड भएका नेता हुन् ।

वीरगञ्ज-१८ मा निर्वाचित वडा अध्यक्ष उमा शंकर तिवारी जसपाकै हुन् । पटेलले पनि जसपा रोजेसँगै उक्त वडामा पार्टीको पकड राम्रो भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित