नवलपरासी , ३० असाेज
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको समग्र विकासकालागि नगरपालिकाले आर्थिक विकासको सम्भावना र चुनौति विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा प्रसस्त सम्भावना हुदाँ हुदै पनि आर्थिक सवालमा पछि परेको कारण आर्थिक जोहो गर्न सकिने सम्भाव्य क्षेत्रको बारेमा जानकारी लिन कार्यक्रम फलदायि हुने नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरको भौगोलिक अवस्था सुहाउदो कार्यक्रम ल्याउन सुझाव संकलनकालागि विज्ञसंग नगरका विभिन्न स्थानको अवलोकन गरिएकोे बताए । 
विज्ञको सल्लाह सुझावसहित स्थानियको राय सल्लाह अनुसार नगरको आर्थिक विकासमा सबैको उक्तिकै महत्वपूर्ण भूमिका हुने हुदाँ यस खालको कार्यक्रमले नगरको आर्थिकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । कार्यक्रमलाई सम्वोधन गदै नगरउपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरबासीको क्षमता र प्रतिभालाई समेटेर नगरको सर्वाङ्गिण विकासकालागि नगरको तर्फबाट जनप्रतिनीधिले संयोजनकारीे भूमिका निर्वाह गर्ने बताए ।
उनले बर्दघाट नगरपालिकालाई नेपालकै उदाहरणिय नगरपालिकाको रुपमा विकास गर्न पनि नगरबासिको साथ सहयोग रहनुपर्नेमा जोड दिए । नगरले नगरबासीको आर्थिको उपार्जनमा खेल्न अहम भूमिका हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षक नेपाल सरकारका पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले नगरबासीको आय आर्जन बृद्धिकालागि नगरले गर्नसक्ने सम्भाव्य कार्यको मोडल प्रस्तुत गरेका थिए भने उनले नगरविकासमा नगरबासिको भुमिका रहने हुदाँ नगरबासी सम्पूर्ण जिवन यापन भन्दा पनि व्यवसायिकता तर्फ उन्मुख हुन सबैलाई आग्रह गरेका थिए । उनले बर्दघाट नगरको बातावरण सुहाउदो व्यवसाय, प्रर्यटन, कृर्षि, जडिबुटिमा आधारित रहेर गर्न सकिने व्यवसायको बारेमा पनि जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले आफुले विगतको अुनभवका आधारमा बर्दघाट नगरलाई दिगो आर्थिक व्यवस्थापनकालागि विज्ञको राय सल्लाहका साथ साथै स्थानियको पनि सुझाव अति आवस्यक पर्ने हुदाँ सबैको हातेमालोले नगर विकासमा टेवा पुग्ने हुदाँ सबैलाई एकजुट भएर नगरको सम्पूर्ण विकासमा सहभागि हुन सबैलाई आग्रह गरेका थिए । विभिन्न सहकारी, विद्यालय, क्याम्पस, व्यवसायिक प्रतिष्ठान स्थानिय वित्तिय संघसस्थाका प्रतिनिधिले आ–आफ्नो अनुभव, आदान प्रदान गर्दै बर्दघाटमा गर्न सकिने व्यवसाय र त्यसको सम्भाव्यताका बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । धारणा प्रस्तुत गर्ने क्रममा एकले अर्कालाई दोष लगाउने भन्दा पनि अबका दिनमा सबै एकजुट भएर नमुना नगरविकासको परिकल्पनामा सहभागि हुने बताएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

