नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी)ले संसदीय निर्वाचनको भण्डाफोर गरेको छ । बर्दघाट–१२ दविलामा एक कार्यक्रम आयोजना गरेर क्रान्तिकारी माओवादीले संसदीय ब्यवस्था तथा आसन्न निर्वाचनको भण्डाफोर गरेको हो ।
कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिको आयोजनामा गरिएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलले गाउँघरमा शोषकहरु पसेकोले भन्दै शोषकहरुका कुकृत्यको भण्डाफोर मात्र नभई प्रतिरोध समेत गर्ने चेतावनी दिनुभयो ।
नेता खरेलले मिटर ब्याजी तथा लघुबित्त जस्ता सुदखोरहरुको जन्म संसदवादी दलहरुले गरेकोले निर्वाचन बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले चुनावबाट जितेकाहरुले संसदबाट एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेको, महंगी ,भष्ट्रचारी, कमिशनखोरी जस्ता जनघात गरेको हुदाँ जनताले राष्ट्रघाती जनघातीहरुलाई भोट दिएर उनीहरुको मतियार बन्न नहुने बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले गाउँघरमा भएका अन्याय अत्याचारको बिरुद्ध लड्नु नैर्सगिक अधिकार रहेको बताउनुभयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष चुडामणी भण्डारीले संसदीय ब्यवस्थाको बिकल्प खोज्ने बेला आएको बताउदै यो ब्यवस्था मिटरब्याजी तथा दलाल पुजीपतिवर्गको ब्यवस्था रहेको औल्याउनुभयो ।
कार्यक्रममा चे फोर्स नेपालका कमाण्डर सन्देश गिरीले प्रतिक्रियावादी राज्य सत्ताले न्याय दिन नसकेका जनताहरुलाई गोलबद्ध गरेर क्रान्तिकारी धुब्रीकरण गर्ने समय आएको बताउनुभयो । उहाँले मिटर ब्याज र लघुबित्त जस्तो ठगीका बिरुद्धको आन्दोलनमा चे फोर्सको सधै साथ सर्मथन र ऐक्यबद्धता रहने जानकारी दिनुभयो ।
कार्यक्रममा मिटर ब्याज ठगी बिरुद्धको संर्घष समितिका अबधेश कुशवाहाले मिटर ब्याज पिडितहरुसंग भएको सम्झौतामा सरकार इमान्दार नभएको बताउनुभयो । कार्यक्रममा लघु बित्त संर्घष समितिकी लिला परियारले चुनावमा भोट हालियो भने पछुताउनुपर्ने भन्दै बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी रामचन्द्र पोखरेलको अध्यक्षतामा भएको थियो ।
क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता पक्राउ पछि रिहा
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी)को निर्वाचन बहिस्कार कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेको नेतृत्वमा शान्तिपूर्ण रुपमा निर्वाचन बहिस्कार अभियान लिएर अर्घाखाँची पुगेको टोलीले सन्धिखर्कको खुदवाङमा कोणसभाको तयारी गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरी १४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेहरुमा पार्टीका सेक्रेटरी न्यौपाने, पार्टी कन्द्रीय सदस्य तथा प्युठान–रोल्पा इन्चार्ज टिकाराम पौडेल, पार्टी कन्द्रीय सदस्य लक्ष्मी चौलागाई, लुम्बिनी प्रदेश सदस्य विराट शाही, अर्घाखाँची सेक्रेटरी टकमान राउत, दाङ जिल्ला सदस्य कमरेड मोहन, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मनोज थापा, परासी जिल्ला सदस्य दुर्गानारायण चौधरी, कपिलवस्तु जिल्ला पार्टी सदस्य कमरेड छोटु, परासी जिल्ला सदस्य गोबिन्द साठीघरे , बाँके जिल्ला सदस्य राजेन्द्रा शाही, प्युठान जिल्ला सदस्य चन्द्र पोखरेल, अर्घाखाँची जिल्ला सदस्य नमबहादुर घर्ती, र प्युठान जिल्ला पार्टी समर्थक प्रकाश बस्नेत रहनुभएको थियो ।
माथिको आदेश भन्दै चुनाव विरोधी कार्यक्रम गरेकोले गिरफ्तार गरेको प्रहरीले जनाएको छ । चौतर्फी रुपमा दबाब परेपछि गिरफ्तार नेताकार्यकर्तालाई केही समय अघि छाडिएको छ । रिहा भएलगत्तै अभियान टोलीले अर्घाखाँचीको सन्धिखर्कमा निर्वाचन बहिस्कार कोणसभा सम्पन्न गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

