महेश सिंह / सिरहा लहान , २९ असोज – सिरहाको लहानबाट नबौ राष्ट्रिय खेल कुद् प्रतियोगितामा भागलिन केलाडिलाई बिदाई गरिएका छन्। करिब ३ महिना देखि निरन्तर खेलमा सकृय रहेका खेलाडीहरुलाई बिदाई गरेका छन्।
लहान स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक बिधालयको परिसर भित्र संचालनमा रहेको जिम खाना र वेटलिप खानाका खेलाडीहरुलाई बिदाई गरेका छन्। नबौ राष्ट्रिय खेल कुद् प्रतियोगितामा भागलिन केलाडिहरुलाई सप्तरीका महादेवा गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत अर्थात लहानका स्थानीय युवा दिलिप कुमार यादवले एक कार्यक्रम बीच माला र टिका लगाएर बिदाई गरिएका कोचर रोशन चौधरी र बिरेन्द्र यादवले बताए।
खेलमा सानै देखि उत्साही र उतप्रेरित रहेका युवा दिलिप कुमार यादवले बिगत देखि खेलाडीहरुलाई आर्थिक,पोसाक र शैक्षिक खेल सामग्रीहरु सहयोग गर्दै आएका प्रमुख प्रसासकिय अधिकृत यादवले हिजो २ जना खेलाडीलाई लहानबाट बिदाई गरेका हुन्।यादवका अनुसार आफुले खेलाडीहरुलाई निरन्तर सहयोग गर्दै आएका हुन्।यहाँबाट मैले बिदाई गरिएका खेलाडीहरु सफल भएर आए पछि उचित सम्मान गरिने र लहान बासीका लागी गौर्भका कुरा हुने बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

